Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

लन्डन।राजकीय जिम्मेवारी त्यागेको ६ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गरेका छन्। राजा चार्ल्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पारेका छन्। दरबारले गत सेप्टेम्बरमा उनीहरूलाई राजपरिवारका विशेष सम्बोधन प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा गर्न निर्देशन दिएको थियो। दम्पतीको लोकप्रियताले सक्रिय राजपरिवारका सदस्यसँग सञ्चारमाध्यमको ध्यान र जनसमर्थनका लागि प्रतिस्पर्धा गर्न सक्ने चिन्ता दरबारका केही अधिकारीमा रहेको बताइएको छ। भ्रमणमा युवाको सीप विकास गर्ने कम्युनिटी रेकर्डिङ स्टुडियो, खाद्य सहायता केन्द्र हिम्मा र सुविधाबाट वञ्चित युवालाई खेलकुद तथा शिक्षा उपलब्ध गराउने एपिक पार्टनर्स समावेश छन्। ह्यारी एक दशकभन्दा बढी समयदेखि दुई संस्थासँग आबद्ध छन् भने मेघनले सन् २०१८ मा प्रकाशित पुस्तकमार्फत हिम्मासँग सहकार्य गरेकी थिइन्। राजकीय जिम्मेवारी त्यागेर ६ वर्षअघि क्यालिफोर्निया सरेका दम्पतीले त्यसपछि नेटफ्लिक्स र स्पोटिफाईसँग व्यावसायिक सम्झौता गरेका थिए। मेघनको मानसिक स्वास्थ्यप्रति दरबारले संवेदनशीलता नदेखाएको तथा राजपरिवारका केही सदस्यले जातीय विभेद गरेको आरोप लगाएपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो। पछिल्ला महिनामा भने सम्बन्ध सुधारको संकेत देखिएको छ। ह्यारीले पिता राजा चार्ल्ससँग मेलमिलाप गर्न चाहेको र आफ्ना छोराछोरीले हजुरबुवालाई चिन्ने अवसर पाऊन् भन्ने इच्छा व्यक्त गरेका छन्। सन् २०२४ मा क्यान्सर पत्ता लागेपछि राजा चार्ल्सको उपचार भइरहेको छ। ह्यारी र मेघन आफ्ना दुई छोराछोरीसँगै अक्सफोर्डको पश्चिममा रहेको कोट्सवल्ड्सको ग्रामीण क्षेत्रमा बस्दै आएका छन्। यद्यपि, बेलायत फर्किएपछि पनि सुरक्षा विवाद कायम छ। राजकीय जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट उपलब्ध हुने प्रहरी सुरक्षा पुनः उपलब्ध गराउन ह्यारीले माग गर्दै आएका छन्। आफ्नो शाही हैसियतका कारण परिवार जोखिममा परेको उनको भनाइ छ। सुरक्षा समस्याका कारण छोराछोरीले नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमै विद्यालय परिवर्तन गर्नुपरेको थियो। –रासस /एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
ताजा खबरJust now

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

कान्तिपुर
सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
ताजा खबरJust now

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो

काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

रातोपाटी
अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
ताजा खबरJust now

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play