Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बक्सअफिसमा ‘बाः एक योद्धा’ अगाडि

बक्सअफिसमा ‘बाः एक योद्धा’ अगाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्सअफिसमा ‘बाः एक योद्धा’ अगाडि

काठमाडौं । असोज ९ गते एकसाथ प्रदर्शनमा आएका नेपाली चलचित्र ‘बाः एक योद्धा’ बक्सअफिसमा बलियो देखिएको छ । सुरुवाती दिनमा सुस्त देखिएको दिव्यदेव पन्त अभिनीत ‘बाः एक योद्धा’ले प्रदर्शनको १७ दिनमा तीन करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, ‘बाः एक योद्धा’ले १७ दिनमा तीन करोड पाँच लाख २२ हजार ५०४ रुपैयाँ कमाएको छ । यस अवधिमा एक लाख सात हजार ५३३ दर्शकले चलचित्र हेरेका छन् । त्यस्तै, निखिल उप्रेतीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘आचार्य’ले प्रदर्शनको अवधिमा एक करोड ६२ लाख २७ हजार ९६७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रलाई यो समयसम्म ५६ हजार १९९ दर्शकले हेरेका छन् । कमाइ र दर्शक संख्याका हिसाबले दुवै चलचित्रबीच उल्लेख्य अन्तर देखिएको छ । प्रदर्शनअघि राम्रो चर्चा बटुलेको ‘आचार्य’को व्यापार भने पछिल्लो साता सुस्ताएको छ । अघिल्लो सातासम्म एक करोड ५६ लाख ६७ हजार ५४६ रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्रले पछिल्लो साता करिब ६ लाख रुपैयाँ मात्रै कमाउन सकेको छ । यसले चलचित्रको पछिल्लो प्रदर्शन कमजोर बन्दै गएको संकेत गर्छ । एक्सन जनरामा निर्माण भएको ‘आचार्य’मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, दीपजंग राणा र रोहित चौधरीलगायत कलाकारको अभिनय छ । यही चलचित्रबाट पूर्णिकाले अभिनेत्रीका रूपमा डेब्यु गर्नुभएको हो । लामो समयपछि निखिलको कमब्याकका रूपमा चर्चामा रहेको चलचित्रले सुरुवाती हाइपअनुसारको व्यापारलाई निरन्तरता दिन सकेको देखिँदैन । उता, हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले पारिवारिक कथावस्तुका माध्यमबाट दर्शकको ध्यान तानेको छ । बुवाले सन्तानको भविष्य निर्माणका लागि गर्ने त्याग, समर्पण र संघर्षलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको हो । चलचित्रको कथा र पटकथा दुवै लम्सालले नै लेख्नुभएको हो । चलचित्रमा दिव्यदेव पन्तसँगै झरना थापा र सुहाना थापा मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै, ‘पेन्सन पट्टा’ले राम्रो कमाइ गरिरहेको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले आइतबारसम्म नौ करोड ८८ लाख ९२ हजार १८८ रूपैयाँ ग्रस कमाएको छ । चलचित्रका तीन लाख ४७ हजार ८८२ टिकट बिक्री भएका छन् । सोहीदिन प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’को कमाइ भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । चलचित्रले उक्त समयसम्म दुई करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ ग्रस कमाएको छ । यसका एक लाख ६ हजार ५४३ टिकट बिक्री भएका छन् । पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र ‘चमेलीको पोइ’ र ‘चंगुल’को कमाइ भने कमजोर देखिएको छ । सार्वजनिक विवरणअनुसार ‘चमेलीको पोइ’ले पाँच लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले एक लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएको छ । लामो समयदेखि प्रदर्शनरत चलचित्र ‘गौंथली’को कमाइ २६ करोड दुई लाख नाघेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले हालसम्म २६ करोड दुई लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको हो । चलचित्रका नौ लाख ४४ हजार ६१२ टिकट बिक्री भएको विवरण उल्लेख छ । यस्तो छ नौ चलचित्रको ग्रस कमाइगौंथली : २६ करोड दुई लाख ७० हजार ५९० रुपैयाँ । पेन्सन पट्टा : नौ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ । बा : एक योद्धा : तीन करोड पाँच लाख २२ हजार ५०२ रुपैयाँ । बेहुली : दुई करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ । आचार्य : एक करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ । झिंगेदाउ २ : एक करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ । तिमीहरू-एलिफेन्ट्स इन द फग : एक करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ । चमेलीको पोइ : पाँच लाख ५० हजार २१० रुपैयाँ । चंगुल : एक लाख ३८ हजार ३८० रुपैयाँ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play