मंगलबार विपद्का १६ घटना: १ जनाको मृत्यु, साढे ६ लाखको क्षति

काठमाडौं । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी मंगलबार एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब छ लाख ४६ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना घटेका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी पूर्व, रोल्पा र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । यस्तै, मोरङ, डोल्पा, कैलाली र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् भने मुगुमा पहिरो गएको छ। यसैगरी, सोलुखुम्बु, सप्तरी र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। आगलागी, पहिरो तथा अन्य विपद्बाट भएको क्षतिको विवरण सङ्कलन र व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ । मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सर्पदंशको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन, बाढीपहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहन तथा विपद्का सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ। विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...


