विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शरू हुदैछ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो भने नेपालले क्यानडालाई पराजित गरेको थियो । नेपालले सिरिजको पहिलो खेलमा जित हासिल गरेर सिरिजमा राम्रो शुरुवात गरेको छ । विश्वकप लिग-२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अंकतालिकामा शिर्ष ६ भित्र रहनु पर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ । नेपाल अहिले ३३ खेलमा २६ अंकसहित छैठौं स्थानमा रहेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिम ओमान पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् । The post विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...


