मौसमविद्लाई प्रश्न– मनसुन नेपालबाट कहिले बाहिरिन्छ ?

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने भएको छ। पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिइसकेको भए पनि पूर्वी भूभागमा यसको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार मनसुन बाहिरिन आवश्यक वातावरण क्रमश: तयार भइरहेको छ। मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताउँदै उनले आगामी दुईदेखि चार दिनभित्र मनसुन पूर्ण रूपमा बाहिरिन सक्ने जानकारी दिइन्। मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गरेर औपचारिक जानकारी दिने उनले बताइन् । महाशाखाले यसअघि असोज १७ गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकीको पश्चिमी क्षेत्रका केही स्थानबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। त्यसयता भने मनसुन बाहिरिएको सम्बन्धमा अर्को बुलेटिन जारी भएको छैन। दुवै वायुको प्रभाव कमजोर मौसमविद् सिग्देलका अनुसार अहिले पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम छ। दुवै वायु प्रणाली प्रभावशाली भइनसकेकाले देशभर वर्षाको गतिविधि न्यून रहेको उनले बताइन् । पश्चिमी वायु बलियो हुँदै गएमा वर्षाको गतिविधि बढ्न सक्ने भए पनि हाल त्यसको प्रभाव सीमित रहेको उनको भनाइ छ। औसत मितिभन्दा ढिलो मनसुन बाहिरिने संकेत नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो। यद्यपि, यो औसत मिति मात्रै भएकाले मौसमी अवस्थाअनुसार मनसुन बाहिरिने समय अघि वा पछि हुन सक्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनको औसत अवधि ११२ दिन रहेको छ। गत वर्ष मनसुन १३५ दिनसम्म कायम रहेको थियो, जुन हालसम्मको सबैभन्दा लामो अवधि हो। नेपालमा मनसुनसम्बन्धी अभिलेख राख्न थालिएयता सन् १९७९ मा भने यसको अवधि सबैभन्दा छोटो ७३ दिन रहेको थियो। नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। यस वर्ष भने औसत मितिभन्दा छ दिन ढिलो गरी जुन १९ मा मनसुन प्रवेश गरेको थियो। The post मौसमविद्लाई प्रश्न– मनसुन नेपालबाट कहिले बाहिरिन्छ ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...


