Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको छ । गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गमार्फत निरन्तर परिचालित भइरहेको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर र स्थल मार्गबाट खटिएको टोलीले आज (बिहीबार) विभिन्न प्रभावित इलाकाहरूबाट उद्धार कार्य जारी राखेको हो। सेनाका अनुसार बाढी प्रभावित क्षेत्रहरू फिलिम, छेकम्पार तथा आरुघाट लगायतका इलाकाहरूबाट ११ जना विदेशी नागरिकसहित ७६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरी, बाढीका कारण सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम बस्तीहरूमा खाद्यान्न अभाव हुन नदिन राहत सामग्री ढुवानीलाई पनि तीव्रता दिइएको छ । सेनाको हेलिकप्टरमार्फत प्रभावित विभिन्न स्थानहरूमा करिब ३ हजार ९ सय ६० किलोग्राम खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेनाले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी उद्धार तथा राहत वितरण कार्यलाई निरन्तरता दिइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
ताजा खबरJust now

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

रातोपाटी
कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
ताजा खबरJust now

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान

बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

कान्तिपुर
आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
ताजा खबरJust now

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

रातोपाटी
चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
ताजा खबरJust now

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा

रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play