ट्रम्प भन्छन्- पुटिनभन्दा जेलेन्स्कीसँग वार्ता गर्न कठिन

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तुलनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न कठिन रहेको बताएका छन् । उनले जेलेन्स्कीमाथि शान्ति सम्झौताको कुरा गरे पनि निर्णय लिने बेला पछि हट्ने गरेको आरोप लगाउँदै युद्ध धेरै अघि नै अन्त्य हुनुपर्ने बताएका छन् । ट्रम्पका अनुसार, रुस र युक्रेन दुवैले युद्ध अन्त्य गर्ने विषयमा सोच्नुपर्ने भए पनि दुई देशका नेताबीचको गहिरो शत्रुताका कारण सहमतिमा पुग्न कठिन भइरहेको छ । उनले जेलेन्स्कीले सम्झौताका लागि तयार रहेको बताउने गरे पनि उनका गतिविधिले त्यसको विपरीत संकेत दिने गरेको आरोप लगाए । युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूमाथि गरिरहेका आक्रमणप्रति पनि ट्रम्पले असन्तुष्टि जनाएका छन् । विश्वका विभिन्न क्षेत्रमा डिजेलको अभाव भइरहेका बेला रुसी तेल संरचनामाथिका आक्रमणले इन्धन बजारमा थप दबाब सिर्जना गर्न सक्ने उनको भनाइ छ । उनले जेलेन्स्कीलाई यस्ता आक्रमण नगर्न सुझाव दिनुपर्ने संकेतसमेत गरेका छन् । ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा युक्रेनले अर्बौं डलर बराबरको आर्थिक तथा सैन्य सहायता पाएको उल्लेख गर्दै पनि युद्ध अन्त्य हुन नसकेको टिप्पणी गरे । उनले जेलेन्स्कीमाथि आफ्नै देशलाई विनाशतर्फ धकेलेको आरोप लगाउँदै अन्ततः युक्रेन कुनै न कुनै सम्झौतामा पुग्नैपर्ने बताए । युद्धको पृष्ठभूमिबारे चर्चा गर्दै ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा क्रिमिया युक्रेनको नियन्त्रणबाट बाहिरिएको उल्लेख गरे । उनले क्रिमियाको भौगोलिक अवस्था र प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै त्यसलाई अत्यन्त मूल्यवान भूभाग बताए । रुसले सन् २०१४ मा क्रिमियामाथि कब्जा जमाएको थियो । युक्रेन र अधिकांश अन्तर्राष्ट्रिय समुदायले भने क्रिमियालाई युक्रेनकै भूभाग मान्दै आएका छन् । ट्रम्पले युद्धका सुरुआती दिनमा रुसी ट्यांकहरू तीव्र गतिमा किभतर्फ अघि बढेको तर खराब मौसम र हिलोका कारण उनीहरूको गति प्रभावित भएको बताए । उनले रुसी सेनाले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै युक्रेनले पनि ठूलो सङ्ख्यामा सैनिक गुमाएको दाबी गरे । ट्रम्पका अनुसार रुसको ठूलो जनसंख्याका कारण उसले लामो समयसम्म मानवीय क्षति सहन सक्ने क्षमता राख्छ । उनले युद्ध छिट्टै अन्त्य हुने आशा व्यक्त गरे पनि शान्ति सम्झौताका लागि रुस र युक्रेन कुन सर्तमा सहमत हुन सक्छन् भन्ने विषय भने स्पष्ट पारेनन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...
_52AEWNi67y.jpg)
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...


