Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्न नदिन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री शाह

‘आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्न नदिन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्न नदिन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री शाह

काठमाडौँ, असोज ३१ । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताउनुभएको छ। उहाँले नागरिकको सुखद जीविका, देशको समृद्धि र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको छ। बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव, उमङ्ग र खुसी ल्याओस् भन्ने कामना गर्नुभएको छ। उहाँले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गर्नुभएको छ। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कारलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ छ। विभिन्न सङ्कटपूर्ण परिस्थितिमा पनि नेपालीले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले सबैलाई सत्यको मार्गमा अघि बढ्न र आफूभित्र रहेका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न दसैँले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय दुःखका कारणमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक रूपमा खराब प्रवृत्तिको अन्त्य र आत्मिक रूपमा सकारात्मक सोचको विकास हुनुपर्ने सन्देश दिनुभएको छ। शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले रोजगारी तथा आर्थिक अवसरको अभावमा विदेशिन बाध्य नेपालीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ। चाडपर्वका बेला परिवारसँग भेटघाट गर्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको नियति बदल्न सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभएको छ। आर्थिक अभावका कारण कसैले पनि दसैँ मनाउन कठिनाइ भोग्न नपरोस् भन्ने भाव व्यक्त गर्दै उहाँले देशको समृद्धि, नागरिकको सुखद जीविका र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउनुभएको छ। अन्त्यमा प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्ने कामना गर्दै सभ्य, भव्य र उल्लासमय रूपमा बडादसैँ मनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पपुलिजमबाट लोकतन्त्रतर्फ राजनीतिलाई लैजानुपर्छ : गगन थापा
ताजा खबरJust now

पपुलिजमबाट लोकतन्त्रतर्फ राजनीतिलाई लैजानुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ललितपुरको सानेपास्थित... ...

रातोपाटी
नुवाकोटको ढुङ्गेबजार र त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा
ताजा खबरJust now

नुवाकोटको ढुङ्गेबजार र त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले एक विशेष कार्यक्रमबिच पुलको उद्घाटन गरेका हुन्। ...

हाम्राकुरा
गगनकुमार थापाले लिनुभयो सभापतिको शपथ (फोटोफिचर)
ताजा खबरJust now

गगनकुमार थापाले लिनुभयो सभापतिको शपथ (फोटोफिचर)

काठमाडौँ, असोज ३१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले बडादसैँको फूलपातीका अवसरमा आज शपथग्रहण गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय कार्... ...

गोरखापत्र
विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट
ताजा खबरJust now

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ । सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाएको जनाएको हो । सैनिक प्रवक्ता राजाराम ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play