Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ।नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ। सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सात वटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको छ। ‘टाउको गन्ने’ विधिबाट नाउर र झारलको गणना गरिने आरक्ष कार्यालयले जनाएको छ। आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात वटा सिकार ब्लक छन्। ती सबै ब्लकमा गणना गरिनेछ। आरक्ष कार्यालयका अनुसार यसअघि कोरोनाका कारण नियमित पाँच वर्षमा हुनुपर्ने गणना एक वर्ष ढिलागरी विसं २०७९ मा गरिएको थियो। त्यसबेला एक हजार २९० नाउर र ७४४ झारल फेला परेका थिए। गणनामा देखिएको नाउर र झारलको संख्या, उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा निर्धारण गर्दै आएको छ। आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार हाल बर्सेनि १९ देखि २४ नाउर र १४ देखि १९ झारलसम्मको सिकार कोटा निर्धारण हुने गरेको छ। पछिल्लो गणनापछि नाउरको वार्षिक कोटा २० वटामा कायम गरिएको छ। “यस पटकको गणनापछि प्राप्त नतिजाका आधारमा सिकारको कोटा थपघट हुन सक्छ”, रेञ्जर सुवेदीले भने।गणनाबाट वयस्क नाउर र झारलको संख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्था समेत यकिन गरिने उनले बताए। रेञ्जर, भरिया तथा सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासीको सहभागितामा गणना गरिनेछ। नाउर र झारल बाख्रा प्रजातिमा पर्ने वन्यजन्तु हुन्। ढोरपाटनमा प्रत्येक वर्ष असोज–मंसिर र फागुन–वैशाख गरी दुई याममा वैधानिक सिकार खुला गरिँदै आएको छ। विगतको जस्तै यस पटक पनि चालु आवको पहिलो सिकार याम सुरु भइसकेको छ। यस याममा १० नाउर र सात झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ। आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारका लागि अनुमति पाएका विदेशी सिकारी नेपाल आउने क्रम सुरु भएको छ। अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायत मुलुकबाट व्यावसायिक सिकारी ढोरपाटन आउने गरेका छन्। ढोरपाटन वैधानिक सिकारका लागि विश्वमै परिचित गन्तव्य मानिँदै आएको छ। साहसिक यात्रा र सिकारको अनुभव लिन विदेशी सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गरेका छन्। सिकारबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण तथा आरक्ष व्यवस्थापनमा महत्वपूर्ण स्रोतका रुपमा रहिआएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
ताजा खबरJust now

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक... ...

रातोपाटी
बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
ताजा खबरJust now

बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उपत्यका बाहिर जाने लागेका यात्रुहरूलाई गाडीको सिट... ...

रातोपाटी
घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
ताजा खबरJust now

घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’

काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा... ...

रातोपाटी
सांसदकाे प्रश्नमा  गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
ताजा खबरJust now

सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play