बाढी प्रभावित ऋणीलाई कर्जा तिर्ने म्याद तीन महिना थपियो

काठमाडौं । भोटेकोशी तथा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीलाई नेपाल राष्ट्र बैंकले कर्जा भुक्तानीका लागि थप तीन महिनाको समय दिएको छ । बाढीका कारण व्यवसाय, आयोजना तथा आम्दानीमा असर परेका ऋणीलाई राहत दिने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै बाढी प्रभावित क्षेत्रका उद्यम, आयोजना र व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने आयात–निर्यातमा आधारित व्यवसायका ऋणीलाई कर्जा भुक्तानीको म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार बाढीका कारण बिक्री तथा आम्दानी, नगद प्रवाह र मौज्दात रकममा परेको असरको विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई यो सुविधा उपलब्ध गराउन सकिनेछ। साथै, कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नयाँ व्यवस्थाअनुसार २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको किस्ता सम्बन्धित बैंक तथा वित्तीय संस्थाले २०८३ पुस मसान्तसम्मका लागि थप गर्न सक्नेछन् । यसले बाढीबाट प्रभावित व्यवसायी तथा उद्यमीलाई तत्कालको आर्थिक दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै एकीकृत निर्देशनमा संशोधन गरी उक्त व्यवस्था लागू गरिएको केन्द्रीय बैंकले जनाएको छ । यो व्यवस्था इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, लघुवित्त वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकका लागि जारी गरिएको परिपत्रमार्फत कार्यान्वयनमा ल्याइएको हो । The post बाढी प्रभावित ऋणीलाई कर्जा तिर्ने म्याद तीन महिना थपियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षको अवधिमा ८९८ वटा मोटरसाइकलमाथि कानुनी कारबाही गरेको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने,... ...

प्रस्तावित राजदूतको सुनुवाइ जारी, भोलि पनि हुने
काठमाण्डु – संसदीय सुनुवाइ समितिले मंगलबार ५ जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमश: सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा ( ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो । बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए […] ...

भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा
काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमका बिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियोको पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रा.ली.ले भित्राएको हो । नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले आफ्नो उपस्थिति विस्तार गर्दै ...

दसैँमा ग्यास सास्ती : ग्यास होइन, टोकन पाउनै लाइन (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँले छोपिसकेको छ, तर आम उपभोक्तालाई ग्यास अभावले छोडेको छैन । काठमाडौँ उपत्यकाका चोक र सडक छेउमा ग्यासका खाली सिलिन्डर बोकेर घण्टौँसम्म लाइनमा उभिएका निराश, भोका र आक्रोसित... ...


