Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/म्यानमामा अनलाइन ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड

म्यानमामा अनलाइन ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यानमामा अनलाइन ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड

चीनको एक अदालतले म्यानमाको कोकाङ क्षेत्रमा ठगी केन्द्रको सञ्जाल सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौँ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमासहित दक्षिणपूर्वी एसियाका केही क्षेत्रमा अर्बौँ डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ । यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ । अनलाइन ठगीमा सङ्लग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन् । कतिपय विदेशी नागरिक, विशेषगरी चिनियाँ नागरिकलाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करीमार्फत त्यस्ता केन्द्रमा पु¥याइन्छ । उनीहरूलाई जेलजस्तै परिसरमा बन्धक बनाएर जबर्जस्ती ठगीका गतिविधिमा सङ्लग्न गराइने गरेको छ । क्वान्झोउ इन्टरमिडिएट पिपुल्स कोर्टले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, ‘वेई परिवार आपराधिक गिरोह’का सदस्य वेई हुआइरेन, चेन दावेई र लियाओ जिङफाङलाई मृत्युदण्डको सजाय सुनाइएको हो । अदालतका अनुसार उक्त गिरोह लागुऔषध तस्करी, वेश्यावृत्ति सञ्चालन, अवैध क्यासिनो सञ्चालन, दूरसञ्चार ठगी तथा कम्तीमा दुई चिनियाँ नागरिकको हत्यालगायतका गम्भीर अपराधमा सङ्लग्न थियो । वेई हुआइरेनलाई गिरोहका प्रमुखमध्ये एकका रूपमा पहिचान गरिएको थियो । उनी हत्या र अन्य विभिन्न अपराधमा दोषी ठहर भएका थिए । अदालतले गिरोहका अवैध गतिविधिबाट १२ अर्ब २० करोड युआनभन्दा बढी अर्थात् करिब एक अर्ब ८० करोड अमेरिकी डलर बराबरको रकम असुलिएको जनाएको छ । मुद्दामा गिरोहका अन्य तीन सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने ५५ जनालाई तीन वर्ष तीन महिनादेखि २४ वर्षसम्मको जेल सजाय दिइएको छ । विश्लेषकले ‘वेई परिवार’लाई म्यानमाको कोकाङ क्षेत्रमा आपराधिक सञ्जाल सञ्चालन गर्ने ‘चार प्रमुख परिवार’ मध्ये एकका रूपमा वर्णन गर्दै आएका छन् । चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार उक्त गिरोह उत्तरी म्यानमाको सबैभन्दा हिंस्रक आपराधिक समूहमध्ये एक थियो । उसले राजनीतिक, सैन्य र व्यावसायिक अपराधलाई एकआपसमा जोडेर शक्तिशाली सञ्जाल निर्माण गरेको थियो । सीसीटीभीले गिरोहले १४ ओटा ठूला ठगी केन्द्र सञ्चालन गरेको र उच्च तलबको झुटो प्रलोभन देखाएर ठूलो सङ्ख्यामा चिनियाँ नागरिकलाई म्यानमा बोलाउने गरेको जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा फलामे साङ्लाले बाँधिएका तथा टाउकोमा गोली लागेको अवस्थामा रहेका पीडितका अवशेषसमेत फेला पारेको सीसीटीभीले उल्लेख गरेको छ । वेई परिवारका सदस्यविरुद्ध पहिलो पटक सन् २०२५ को अक्टोबरमा अभियोग दायर गरिएको थियो । चीनले म्यानमामा सक्रिय आपराधिक गिरोहविरुद्ध कारबाही तीव्र बनाउने क्रममा यसअघि पनि मृत्युदण्ड दिएको थियो । गत जनवरीमा ‘मिङ परिवार आपराधिक गिरोह’ का सदस्यसहित ११ जनालाई मृत्युदण्ड दिइएको थियो । त्यसको अर्को महिना, कुख्यात ‘बाई समूह’का चार सदस्यलाई ठगी, जानाजानी हत्या, ज्यानमा चोट पुर्याउने, अपहरण र जबर्जस्ती असुलीलगायतका अपराधमा मृत्युदण्ड दिइएको थियो । रासस/एएफपी The post म्यानमामा अनलाइन ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

अब सामसङका यी पुराना ग्यालेक्सी फोनमा पनि एन्ड्रोइड १७ अपडेट उपलब्ध
प्रविधिJust now

अब सामसङका यी पुराना ग्यालेक्सी फोनमा पनि एन्ड्रोइड १७ अपडेट उपलब्ध

सामसङले ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी जेड फोल्ड ६ तथा जेड फ्लिप ६ का लागि एन्ड्रोइड १७ मा आधारित वन यूआई ९ अपडेट अमेरिकामा उपलब्ध गराउन थालेको छ। सामसङले नयाँ अपडेट सार्वजनिक गर्न थालेको करिब एक महिनापछि यी डिभाइसमा पनि अपडेट उपलब्ध गराएको हो। यसअघि ग्यालेक्सी जेड फोल्ड ८, जेड फोल्ड ८ अल्ट्रा र ग्यालेक्सी एस२६ सिरिजमा वन यूआई ९ उपलब्ध ...

टेक्नोलोजी खबर
स्मार्ट रिङ निर्माता अल्ट्राह्युमनले यूएईभर जैविक उमेर मापन गर्ने मोडेल उपलब्ध गराउने
प्रविधिJust now

स्मार्ट रिङ निर्माता अल्ट्राह्युमनले यूएईभर जैविक उमेर मापन गर्ने मोडेल उपलब्ध गराउने

भारतको बेंगलुरुमा आधारित स्वास्थ्य प्रविधि स्टार्टअप अल्ट्राह्युमनले संयुक्त अरब इमिरेट्स (यूएई) भरका मानिसलाई जैविक उमेर मापन गर्ने मोडेल उपलब्ध गराउने उद्देश्यले अबुधाबीका स्वास्थ्य अधिकारीहरूसँग साझेदारी गरेको छ। अल्ट्राह्युमन स्मार्ट रिङका लागि परिचित छ। सोमबार अल्ट्राह्युमनले अबुधाबी पब्लिक हेल्थ सेन्टर (एडीपीएचसी) सँग दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ। यस साझेदारीअन्तर्गत क्लिनिकल बायोमार्कर र पहिरनयोग्य उपकरणबाट प्राप्त तथ्यांकलाई संयोजन गरी जैविक ...

टेक्नोलोजी खबर
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता
प्रविधिJust now

नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता

आइएमई खल्ती लिमिटेडले फिनटेक एलाएन्स नेपालद्वारा आयोजित तीनदिने नेपाल फिनटेक एक्स्पो २०२६मा सहभागिता जनाउँदै आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू प्रदर्शन गरेको छ। कम्पनीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै प्रदर्शन गरेको हो। एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play