नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता

आइएमई खल्ती लिमिटेडले फिनटेक एलाएन्स नेपालद्वारा आयोजित तीनदिने नेपाल फिनटेक एक्स्पो २०२६मा सहभागिता जनाउँदै आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू प्रदर्शन गरेको छ। कम्पनीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै प्रदर्शन गरेको हो। एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ सेवामार्फत डिजिटल भुक्तानीलाई सहज बनाउनुका साथै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सुविधालाई विस्तार गर्ने लक्ष्य राखिएको छ। आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नवीनतम सेवाहरू सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए। उनले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवाहरू सार्वजनिक गरेको जानकारी दिए। साथै, नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्ने कम्पनीको प्रयासलाई थप प्रेरणा दिएको उनले बताए। The post नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

Samsung Nepal extends support to flood-affected communities with special repair service initiative
Samsung Nepal has announced a dedicated Special Repair Service Initiative to support communities affected by the recent severe flooding across parts of Nepal. As families and communities begin the process of recovery, the initiative aims to help restore essential mobile devices and household appliances while reducing the financial burden associated with repair and replacement. As part of the initiative, Samsung Nepal is ...

इलन मस्कको राजनीतिक खर्चप्रति अमेरिकी सिनेटर स्यान्डर्सको आलोचना
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी इलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन्। उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन्। सामाजिक सञ्जाल एक्समा स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले ...

इन्डोनेसियामा सनवे कलेज काठमाडौं सम्मानित, जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । सनवे कलेज काठमाडौंले कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दै प्रतिष्ठित ‘ASOCIO Digital & AI Awards 2026’ अन्तर्गत ‘AI in Talent Development Award’ प्राप्त गरेको छ । उक्त पुरस्कार सन् २०२६ अक्टोबर ६ मा इन्डोनेसियाको जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित समारोहमा प्रदान गरिएको हो ।अक्टोबर ५ देखि ७ सम्म सञ्चालन भएको ASOCIO Digital & AI ...


