इलन मस्कको राजनीतिक खर्चप्रति अमेरिकी सिनेटर स्यान्डर्सको आलोचना

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी इलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन्। उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन्। सामाजिक सञ्जाल एक्समा स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले दुई करोड ९० लाख अमेरिकी डलर खर्च गरेको र त्यसपछि उहाँको सम्पत्ति ६९६ अर्ब अमेरिकी डलरले बढेको दाबी गरे। मस्क विश्वकै पहिलो खर्बपति बने पनि उनले अमेरिकी संसद्मा रिपब्लिकनको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको स्यान्डर्सको भनाइ छ। ‘द न्युयोर्क टाइम्स’ का अनुसार मस्कले यस वर्ष जुलाईदेखि मात्रै २७ करोड ६० लाख अमेरिकी डलर खर्च गरेका छन्। त्यसमध्ये रिपब्लिकन सिनेट उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक कार्यसमिति (सुपर पीएसी) का लागि १५ करोड ८० लाख अमेरिकी डलर खर्च गरिएको छ। यसले उनलाई यस वर्षको सबैभन्दा ठूलो एकल राजनीतिक दाता बनाएको समाचारमा उल्लेख छ । अमेरिका पीएसीका प्रवक्ता एन्ड्र्यु रोमियोले उक्त सहयोगले रिपब्लिकन पार्टीलाई आफ्नो सन्देश मतदातासम्म पुर्याउन मद्दत गरेको बताएका छन्। यसैबीच, मस्कले भारतमा आफ्नो कम्पनी स्टारलिङ्कको बजार प्रवेशमा केही शक्तिशाली व्यावसायिक समूहले अवरोध गरेको आरोप लगाएका छन्। तर, भारतको सञ्चार मन्त्रालयले भूउपग्रह सञ्चार सेवासम्बन्धी अनुमति प्रक्रिया निष्पक्ष र भेदभावरहित रहेको जनाएको छ। मन्त्रालयका अनुसार सम्बन्धित कम्पनीहरूको सुरक्षा मूल्याङ्कन पूरा भएपछि मात्र रेडियो स्पेक्ट्रम उपलब्ध गराइनेछ। भारतमा बजार प्रवेशमा अवरोध भएको मस्कको आरोप र अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न उनले गरेको ठूलो राजनीतिक खर्चका सन्दर्भमा स्यान्डर्सले अर्बपतिहरूको सम्पत्ति र राजनीतिक प्रभावबीचको सम्बन्धमाथि प्रश्न उठाएका हुन्। रासस\एएनआई The post इलन मस्कको राजनीतिक खर्चप्रति अमेरिकी सिनेटर स्यान्डर्सको आलोचना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

इन्डोनेसियामा सनवे कलेज काठमाडौं सम्मानित, जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । सनवे कलेज काठमाडौंले कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दै प्रतिष्ठित ‘ASOCIO Digital & AI Awards 2026’ अन्तर्गत ‘AI in Talent Development Award’ प्राप्त गरेको छ । उक्त पुरस्कार सन् २०२६ अक्टोबर ६ मा इन्डोनेसियाको जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित समारोहमा प्रदान गरिएको हो ।अक्टोबर ५ देखि ७ सम्म सञ्चालन भएको ASOCIO Digital & AI ...

ह्वाट्सएप प्रयोगकर्ताले अब चाँडै मेसेज शेड्युल गर्न सक्ने
नियमित रिमाइन्डर सेट गर्न, फरक समय क्षेत्र व्यवस्थापन गर्न र कार्यालय समयबाहिर व्यावसायिक सन्देश पठाउन ह्वाट्सएप प्रयोगकर्ताहरूले लामो समयदेखि सन्देश पठाउने समय निर्धारण गर्न मिल्ने सुविधा माग गर्दै आएका छन्। सन् २०१९ देखि प्रतिस्पर्धी मेसेजिङ एप टेलिग्राममा यो सुविधा उपलब्ध भए पनि ह्वाट्सएपमा भने थिएन। अब मेटाको मेसेजिङ एपमा पनि यो सुविधा चाँडै उपलब्ध हुने देखिएको छ। ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा ...

स्पेसएक्सले तीन साताभन्दा बढी समयपछि पहिलो पटक प्रक्षेपण गर्यो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाइट
स्पेसएक्सले लामो समयसम्म रोकिएको स्टारलिंक उपग्रह प्रक्षेपणलाई पुनः सुरु गरेको छ। कम्पनीले सोमबार (अक्टोबर १२) आफ्ना २७ वटा स्टारलिंक इन्टरनेट उपग्रहलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) मा पठाएको छ। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसबाट पूर्वी अमेरिकी समयअनुसार राति ८:२८ बजे (स्थानीय समयअनुसार साँझ ५:२८ बजे र अक्टोबर १३ मा जीएमटीअनुसार राति ००:२८ बजे) फाल्कन ९ रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको हो। सेप्टेम्बर १९ यता फाल्कन ...


