ह्वाट्सएप प्रयोगकर्ताले अब चाँडै मेसेज शेड्युल गर्न सक्ने

नियमित रिमाइन्डर सेट गर्न, फरक समय क्षेत्र व्यवस्थापन गर्न र कार्यालय समयबाहिर व्यावसायिक सन्देश पठाउन ह्वाट्सएप प्रयोगकर्ताहरूले लामो समयदेखि सन्देश पठाउने समय निर्धारण गर्न मिल्ने सुविधा माग गर्दै आएका छन्। सन् २०१९ देखि प्रतिस्पर्धी मेसेजिङ एप टेलिग्राममा यो सुविधा उपलब्ध भए पनि ह्वाट्सएपमा भने थिएन। अब मेटाको मेसेजिङ एपमा पनि यो सुविधा चाँडै उपलब्ध हुने देखिएको छ। ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा यो सुविधा देखिएको वाबेटाइन्फोले जनाएको छ। इन्ग्याजेटका अनुसार यो सुविधा एन्ड्रोइडका लागि उपलब्ध ह्वाट्सएपको बिटा अपडेट २.२६.८.११ मा देखिएको हो। यो टेलिग्राममा जस्तै काम गर्छ। प्रयोगकर्ताले सन्देश पठाउने बटन थिचेर केही समय होल्ड गरेपछि यो सुविधा प्रयोग गर्न सक्छन्। त्यसपछि स्क्रिनको तल्लो भागमा एउटा संवाद बाकस खुल्छ, जहाँ सन्देश पठाउने मिति र समय छनोट गर्न सकिन्छ। यसमा सन्देश पठाउनुअघि निर्धारित सन्देशहरू व्यवस्थापन गर्न छुट्टै खण्ड पनि उपलब्ध छ। प्रयोगकर्ताको उपकरण अफलाइन भए पनि निर्धारित समयमा सन्देश पठाइनेछ। अन्य सन्देशजस्तै यसबाट पठाइने सन्देशमा टेक्स्ट, लिंक, फोटो र भिडियो समावेश गर्न सकिन्छ। यी सन्देश पनि सुरुदेखि अन्त्यसम्म इन्क्रिप्सनद्वारा सुरक्षित हुनेछन्। प्रयोगकर्ताले हालको समयदेखि कम्तीमा १० मिनेटपछि वा बढीमा दुई साताअघि नै सन्देश पठाउने समय निर्धारण गर्न सक्नेछन्। यो सुविधा समूह च्याटमा पनि प्रयोग गर्न सकिनेछ। यो सुविधा अहिले एन्ड्रोइडमा ह्वाट्सएपका केही बिटा परीक्षकका लागि उपलब्ध छ। आगामी केही सातामा थप खातामा विस्तार गरिने अपेक्षा गरिएको छ। औपचारिक बिटा संस्करण उपलब्ध भइसकेकाले निकट भविष्यमै यो सुविधा सबै प्रयोगकर्ताका लागि सार्वजनिक हुन सक्नेछ। The post ह्वाट्सएप प्रयोगकर्ताले अब चाँडै मेसेज शेड्युल गर्न सक्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

इन्डोनेसियामा सनवे कलेज काठमाडौं सम्मानित, जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । सनवे कलेज काठमाडौंले कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दै प्रतिष्ठित ‘ASOCIO Digital & AI Awards 2026’ अन्तर्गत ‘AI in Talent Development Award’ प्राप्त गरेको छ । उक्त पुरस्कार सन् २०२६ अक्टोबर ६ मा इन्डोनेसियाको जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित समारोहमा प्रदान गरिएको हो ।अक्टोबर ५ देखि ७ सम्म सञ्चालन भएको ASOCIO Digital & AI ...

स्पेसएक्सले तीन साताभन्दा बढी समयपछि पहिलो पटक प्रक्षेपण गर्यो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाइट
स्पेसएक्सले लामो समयसम्म रोकिएको स्टारलिंक उपग्रह प्रक्षेपणलाई पुनः सुरु गरेको छ। कम्पनीले सोमबार (अक्टोबर १२) आफ्ना २७ वटा स्टारलिंक इन्टरनेट उपग्रहलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) मा पठाएको छ। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसबाट पूर्वी अमेरिकी समयअनुसार राति ८:२८ बजे (स्थानीय समयअनुसार साँझ ५:२८ बजे र अक्टोबर १३ मा जीएमटीअनुसार राति ००:२८ बजे) फाल्कन ९ रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको हो। सेप्टेम्बर १९ यता फाल्कन ...

ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव
अस्ट्रेलियाको स्वास्थ्य सेवा प्रणालीसँग जोडिएको वेब पोर्टलमा ओपनएआईको एआई एजेन्टले सुरक्षा उल्लङ्घन गरेपछि संसदीय समितिले एआई कम्पनीहरूमा स्वतन्त्र सुरक्षा जाँचको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूमा स्वतन्त्र विज्ञ खटाएर सुरक्षा अवस्था र घटनाबारे प्रतिवेदन दिने व्यवस्था गर्न सिफारिस गरेको हो । समितिका ...


