Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन -गिरीबहादुर सुनार

ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन -गिरीबहादुर सुनार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन -गिरीबहादुर सुनार

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दावी गरेका छन् । बुधबार बसेको संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सुनारमाथि परेको महिला हिंसा, आर्थिक लेनदेन, जर्मनीबाट डिपोट गरिएको लगाएतका बिषयमा प्रश्न राखेका थिए । जवाफमा प्रस्तावित राजदूत सुनारले १३ बर्ष पहिले एक अर्काबीच प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएर ललितपुर प्रहरी कार्यालयमा मिलापत्र भएको बताए । फोनमा कुराकानी भएको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने काम भएको र आफूविरुद्ध पावर अफ एटर्नी लिएर अर्कै व्यक्तिले लगातार मुद्दा हाल्ने काम भएको उनले बताए । उनले आफ्नो नाममा हालसम्म कुनै पनि उजुरी दर्ता नभएको र कुनै पनि फौजदारी कसूरमा दोषी नठहराइएको दावी गरे । सरुवा बढुवामा ठूलो आर्थिक चलखेल गरेको उजुरीका सन्दर्भमा सुनारले उक्त आरोपहरू पूर्ण रूपमा आधारहीन रहेको र त्यसको कुनै पनि आधिकारिक पुष्टि नभएको तर्क गरे । त्यस्तै उनले आफुलाई जर्मनीबाट डिपोट गरिएको बिषयमा समेत कुनै सत्यता नरहेको उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भारत, चीन र अमेरिकासहित १० देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन
ताजा खबरJust now

भारत, चीन र अमेरिकासहित १० देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको हो। यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू डा निश्चलनाथ पाण्डे भारत कल्याणराज शर्मा, चीन चिरनजंग थापा, अमेरिका गौरवशमशेर ... ...

नेपालखबर
औषधि व्यवस्था विभागले रोक्यो ४७ थरिका औषधिको नयाँ आयात
ताजा खबरJust now

औषधि व्यवस्था विभागले रोक्यो ४७ थरिका औषधिको नयाँ आयात

• औषधि व्यवस्था विभागले ४७ थरिका औषधिको नयाँ उत्पादन र पैठारीमा रोक लगाएको छ, जुन अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका कारण हो। • यद्यपि, बजारमा पहिले नै बिक्री भइरहेको ती औषधिको बिक्रीमा रोक लगाइएको छैन। • विभागले गुणस्तर र सुरक्षा सुनिश्चित गर्न जोखिम मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ र सन्तोषजनक कागजात भएका औषधिहरूलाई तीन महिना उत्पादन र पैठारी अनुमति दिएको छ। ...

नेपालबहस
महंगीको मारमा दसैँ बजार : ‘भाउ नबढेको सामान कुन छ र ?’ (भिडियो रिपोर्ट)
ताजा खबरJust now

महंगीको मारमा दसैँ बजार : ‘भाउ नबढेको सामान कुन छ र ?’ (भिडियो रिपोर्ट)

काठमाडौँ । कालीमाटी बजारमा दसैँ नजिकिँदै गर्दा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो । सडकमा गाडीको जाम र पसलहरुमा सामान किन्ने ग्राहकको तँछाडमछाड हुन्थ्यो । तर बुधबार हामी कालीमाटी वरपरका खाद्यान्न तथा... ...

रातोपाटी
खसआर्यतर्फ सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै
ताजा खबरJust now

खसआर्यतर्फ सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै

काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खसआर्यतर्फ सहमहामन्त्रीमा मनोजमणि आचार्यले अग्रता कायमै राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २५ सय मतगणनामा आचार्यले ९१८ मत प्राप्त गरेका छन्। यस्तै जगदीश्वर नरसिंह... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play