गाँजा नियन्त्रणमा लिन मध्यरातमा गोली प्रहार, एकजना घाइते, दुई भारतीय पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नं.५ गोबिन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज २९ गते दिउँसो लुकाएर राखिएको अवस्थामा ८ वटा सेतो बोराभित्र रहेको २६४.५९ केजी बेवारिसे गाँजा बरामद गरिएको थियो। सोही स्थानमा पुनः कारोबार हुनसक्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले गोली प्रहार गरेर २ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मध्यराति ११:२५ बजेको समयमा केही व्यक्तिहरू गाँजा लिई भारततर्फ जाँदै गरेको फेला परेको थियो। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि प्रहरीले साना हतियारबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ। त्यसपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले पुनः १ राउण्ड फायर गर्दा एकजनालाई गोली लागेको छ। भारत अररीया जिल्ला जोगबनी बस्ने ३९ वर्षीय प्रमोद चौधरीको घुडामुनि पिँडुलामा गोली लागी घाइते भएको जिल्ला प्रहरी कार्यक्रम मोरङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। गोली लागेर सामान्य घाइते भएका चौधरीसँगै भारत अररीया जिल्ला महगामा ग्राम पंचायत थाना ४ बस्ने ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई पनि करिब १०० के।जी। गाँजासहित नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

व्यवसायीलाई विभागको निर्देशन- चाडपर्वमा खाद्य स्वच्छता कायम गर्नू
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेण्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो । विभागले ...

यातायात क्षेत्रका समस्या समाधान गर्ने सांसदहरूको प्रतिबद्धता
रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली,... ...

कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने ...

चाडपर्वलक्षित बजार अनुगमनः पाँच व्यवसायीलाई एक लाख पाँच हजार जरिवाना
कलैया समाचारदाताबारा, असोज ३० गते । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा निगरानी बढाएका सरकारी निकायले बाराको निजगढ र कलैयामा गरेको संयुक्त बजार अनुगमनका क्रममा... ...


