Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

10/17/2026, 1:14:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबाेलाइएकाे हो । रास्वपा नेता समेत रहेका कलाकार पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । पन्तको उजुरी दर्ता भएलगत्तै अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले आपत्ति जनाएका छन् । ‘जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ । समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने अहिलेको सरकारलाई जानकारी रहोस्,’ दाहालले सामाजिक संजालमा लेखेका छन् । यता, हिमेश पन्तविरुद्ध पनि साइबर ब्युरोमा उजुरी परेको छ । जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक सामग्री पोष्ट गरेका उनीमाथि विद्युतीय कारोवार ऐन बमोजिम कारबाहीको मागसहित उजुरी दर्ता गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए
OthersJust now

इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए

बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ । इमरानले १० अक्टोबरमा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएको बताइन्छ । त्यहाँ प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीका अनुसार, भारतीय नागरिक नभए… ...

अनलाइन खबर
पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?
OthersJust now

पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play