Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विश्वकप लिग लिग–२ : ओमानविरुद्ध नेपालको शानदार जित

विश्वकप लिग लिग–२ : ओमानविरुद्ध नेपालको शानदार जित

10/13/2026, 7:30:03 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप लिग लिग–२ : ओमानविरुद्ध नेपालको शानदार जित

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय ६४ रनको लक्ष्य ओमनले ४० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो । ओमनका लागि विनायक शुक्लाले ७७ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ८३ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ओमनका जय ओडेद्राले ५७ बलमा २५ रन बनाए । शुक्ला र ओडेद्राको जोडीले सातौँ विकेटका लागि ११९ बलमा ८३ रनको पार्टनरसिप गरेको थियो । ओपनर जतिन्दर सिंहले १८ रन बनाउनुबाहेक ओमनका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा ललीत राजवंशी र करण केसीले समान एक विकेट लिए । यसअघि ओमनको अल अमारात मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक प्रहार गरेका थिए । सातौँ क्रममा क्रिजमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरे । १६ बलमा ४० रन प्रहार गरेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगे । उनले ४९ औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले हस्नैन अलीलाई लगातार छक्का प्रहार गरे । त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे । बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रन बनाए । बलिङतर्फ ओमनका शाह फैसल, करण सोनावाले, शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट झारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने आईएमएफ प्रक्षेपण
OthersJust now

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने आईएमएफ प्रक्षेपण

आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको हो । ...

अनलाइन खबर
नेहा बोरा, अभिजीत दीपके र राहुल गान्धीको बीच कस्तो छ रणनीतिक दूरी ?
OthersJust now

नेहा बोरा, अभिजीत दीपके र राहुल गान्धीको बीच कस्तो छ रणनीतिक दूरी ?

२७ असोज, काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँ दिल्लीमा जारी आन्दोलन चर्किएको छ। मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नागरिकको नाम हटाइएको आरोप लगाउँदै सडकमा उत्रिएका प्रदर्शनकारीहरू र दिल्ली पुलिसबिच कडा तानातान भइरहेको छ। यसै क्रममा कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) लिबरेसनको विद्यार्थी सङ्गठन 'अल इन्डिया स्टुडेन्ट्स युनियन' (आइसा) की २९… ...

अनलाइन खबर
भोटेकोशी तथा बुढीगण्डकी बाढी प्रभावितलाई कर्जा तिर्न थप ३ महिना
OthersJust now

भोटेकोशी तथा बुढीगण्डकी बाढी प्रभावितलाई कर्जा तिर्न थप ३ महिना

ऋणीलाई सहुलियत समय दिँदा बैंक तथा वित्तीय संस्थाले कर्जा सदुपयोगिता पनि हेर्न केन्द्रीय बैंकले सुझाएको छ । ...

अनलाइन खबर
विनीता खड्कालाई कांग्रेसले निर्वाचित प्रमाणपत्र नदिने, पदाधिकारीले दिए यस्तो कारण
OthersJust now

विनीता खड्कालाई कांग्रेसले निर्वाचित प्रमाणपत्र नदिने, पदाधिकारीले दिए यस्तो कारण

केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनीता खड्काको नाम पार्टीले निर्वाचित सूचीबाट हटाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play