गृहमन्त्री गुरुङद्बारा ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरे भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय बैठकमा उन यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव गर्नुभएको गृह मन्त्रालयले जनाएको छ । बैठकमा गृहमन्त्री गुरुङले आतङ्कवाद, लागु औषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिम्स्टेक सदस्य राष्ट्रबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यमा जोड दिए । The post गृहमन्त्री गुरुङद्बारा ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर
३० असोजसम्म साट्ने भनिए पनि बुधबारसम्म मात्रै लागू हुने नेपाल एलपी ग्यास उद्योग संघले बताएको छ भने दसैंसम्म उपभोक्तलाई ग्यास सहज बनाउने तयारी थालिएको नेपाल आयल निगमको दाबी छ । ...

कांग्रेस केन्द्रीय सदस्यमा भुवनराज भट्ट निर्वाचित, मेयर भरत जोशी पराजित
धनगढी । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा सुदूरपश्चिम भूगोलअन्तर्गत युवा समूहबाट इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन् । यस पदमा प्रतिस्पर्धा गरेका डडेलधुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी... ...

कांग्रेसले विनिता खड्काको नतिजा 'होल्ड' गर्ने
खड्काविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परेर पनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जनाएको छ। ...

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को–को बने?
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचितमध्ये सचिन तिमिल्सेना सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा आएका छन्। निर्वाचन समितिका अनुसार तिमिल्सेनाले ३ हजार १५६ मत प्राप्त गरेका छन्। यस्तै, इन्जिनियर अभिषेक आत्रेय २ हजार ८१४ मतसहित दोस्रो र सुशील भट्ट २ हजार ७५३ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन्। युवा खुलातर्फ केन्द्रीय ...


