कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को–को बने?

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचितमध्ये सचिन तिमिल्सेना सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा आएका छन्। निर्वाचन समितिका अनुसार तिमिल्सेनाले ३ हजार १५६ मत प्राप्त गरेका छन्। यस्तै, इन्जिनियर अभिषेक आत्रेय २ हजार ८१४ मतसहित दोस्रो र सुशील भट्ट २ हजार ७५३ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन्। युवा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य उम्मेदवारमा डा. आयुस बगाले, आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत, इन्जिनियर शैलेश मिश्र, सौगात थापा, उषा सापकोटा र विजय गुरुङ रहेका छन्। यसैगरी मदनराज उपाध्याय, विनोदराज जोशी, भुपेन्द्रसिंह थेवे, श्यामराज ओझा र यज्ञशिव राई पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि पदाधिकारीसहित विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यको निर्वाचन तथा मतगणना गरिएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग
काठमाडौँ, असोज २७ गते । भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय... ...

बुढीगण्डकी बाढी प्रभावित क्षेत्र अस्तव्यस्त : बिजुली, टेलिफोन, बाटो र खानेपानी छैन, पर्यटक पनि अलपत्र
बाढीले सडक, बिजुली र खानेपानीमा क्षति पुर्याउँदा उत्तरी गोरखाका बस्तीको जनजीवन प्रभावित, राहत र उद्धारका लागि हेलिकप्टरकै भर । ...

मापसे र लापसे गरी सार्वजनिक सवारी चलाउने १८ चालक कारबाहीमा
काठमाडौँ, असोज २७ गते । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा १८ जना सवारी चालक कारबाहीमा परेका छन् । मादक पदार्... ...

मापसे र लापसे गरी सार्वजनिक सवारी चलाउने १८ चालक कारबाहीमा
काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा १८ जना सवारी चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागू औषध... ...


