म्याक्स टाइगरको दसैँ अफरमा तीन जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सले सञ्चालन गरेको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्। कम्पनीका अनुसार बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन्। म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान खरिद गरेका उनीहरूले क्यान खोल्ने क्रममा पुरस्कार जितेका हुन्। मोटरसाइकल विजेता रिमालले क्यान खोल्दा मोटरसाइकल जितिने अपेक्षा नगरेको भन्दै पुरस्कार प्राप्त भएपछि खुसी व्यक्त गरेका छन्। कम्पनीले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममार्फत ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो। अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अभियान अझै जारी रहेकाले अन्य उपभोक्ताले पनि पुरस्कार जित्ने अवसर पाउनेछन्। The post म्याक्स टाइगरको दसैँ अफरमा तीन जनाले जिते मोटरसाइकल र स्कुटर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा ...

के–के हुन् सात प्रदेशका असल अभ्यास ?
विराटनगर । कोशी प्रदेशको विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका तर्फबाट केही असल अभ्यासहरू प्रस्तुत भए । ती असल अभ्यासहरू एक अर्को प्रदेशले नमुनाका रूपमा लिन सक्ने भन्दै सम्मेलनमा प्रस्तुत भएका... ...

खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि तीन विषयमा केन्द्रित रहेर छानबिन तीव्र पारेको छ। महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई गम्भीर रुपमा लिँदै मिहीन छानबिन गरिरहेको आयोगका एक सदस्य बताउँछन्। ‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर अहिलेसम्म हामीले यो घटनालाई ... ...

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ।यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । ...


