सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। ‘बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ नियोगले भनिएको छ। नियोगले परिषद्को नयाँ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रहरूलाई पनि बधाई दिएको छ। नेपालले सन् २०२७-२०२९ कार्यकालका लागि निर्वाचित ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बियालाई बधाई दिएको हो। नियोगले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय र सबैका लागि समान तथा न्यायोचित विकासलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको जनाएको छ। नेपाल यसअघि सन् २०१८-२०२० र २०२१-२०२३ मा गरी लगातार दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ। नयाँ निर्वाचनसँगै नेपाल सन् २०२७ जनवरी १ देखि तेस्रो कार्यकालका लागि परिषद्को सदस्य बन्नेछ। सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख अन्तरसरकारी निकाय हो। स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट तीन वर्षका लागि निर्वाचित हुन्छन्। परिषद्ले सदस्य राष्ट्रहरूमा मानवअधिकारको अवस्थाको समीक्षा गर्ने, मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा छलफल गर्ने, आवश्यक सिफारिस गर्ने तथा मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने कार्य गर्दछ। यसले विश्वव्यापी आवधिक समीक्षा प्रक्रियामार्फत सबै सदस्य राष्ट्रको मानवअधिकार अवस्थाको मूल्याङ्कनसमेत गर्दछ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

श्रीलंकाका लागि प्रस्तावित राजदूत भन्छिन्– म आरक्षणको विरोधी हुँ
२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छिन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता… ...

विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालले पुनः सुरु गर्यो हस्ताक्षर अभियान
२८ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ । पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो । पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि… ...

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?
सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे। एउटी पोथी हात्तीले भर्खरै मरेको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेर हिँडिरहेकी थिइन् । बच्चाको शरीर अररो भइसकेको थिएन । त्यसैले केही घण्टाअघि मात्रै जन्मिएर मरेको हुन सक्ने अनुमान गरिएको थियो… ...

ह्वाइट हाउसकी नयाँ प्रेस सेक्रेटरी जकारिया को हुन् ?
२८ असोज, काठमाडौं । केट जकारिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी बनेकी छन् । उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७ औं प्रेस सेक्रेटरी नियुक्त भएकी हुन् । क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी ४२ वर्षीया केट जकारियाको वास्तविक नाम केट शारोन ब्ल्याक हो । उनले पेपरडाइन विश्वविद्यालयबाट लिबरल आर्ट्समा स्नातक र सोही… ...


