घर परिवार गुमाउँदा 'सपना हो कि बिपना जस्तो भइरहन्छ के को चाडपर्व आएजस्तो हुनु'

नुवाकोटको त्रिशूली बजारका अम्मर परियारले बाढीमा श्रीमती र छोरासँगै जीविकोर्पाजनको बाटो पनि गुमाए।

"त्रिशूली बजारमा कपडा सिलाउँथेँ, श्रीमती, छोरा र म - तीन जनाको सानो परिवार खुसी थियो," अम्मरले भने।

हुर्किसकेका एक मात्र सन्तान (छोरा) र श्रीमती हराएपछि कतै उद्धार भएर उपचार पो भइरहेको छ कि भनेर उनले काठमाण्डू, चितवन, पोखरालगायत स्थानमा खोजी गरे।

"कतै नभेटेपछि भदौ २४ गते कुशको शव बनाएर अन्त्येष्टि गरेँ। तर कतै फर्कि आउँछन् कि भन्ने आशा लागिरहन्छ," उनले भने।

"भएको सबै गुमाएर एक्लै भौतारिँदै छु। परिवार गुमाउँदा सपना हो कि बिपना जस्तो भइरहन्छ के को चाडपर्व आएजस्तो हुनु?"

हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहारका कारण अकल्पनीय क्षति

बाढीबाट विस्थापित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह र संरक्षण चाहिन्छ

आफन्त र घरबार गुमाएर अन्य ठाउँमा आश्रय लिएर बस्दै आएका बाढीपीडितको साझा भनाइ छ - हाम्रो लागि यो वर्षको दशैँ छैन।

दशैँ सुरु हुनु अघि घर रङ्गाउने, सार्वजनिक स्थल, मठ मन्दिरहरू सरसफाइ गर्ने, आवश्यक सामग्री किनमेल गर्ने चलन रहे पनि भोटेकोशी त्रिशूली बाढीका कारण अन्यत्र ठाउँमा बस्दै आएका बाढीपीडितहरूलाई चाडपर्वको उमङ्ग छैन।

बाढीका कारण ठूलो जनधनको क्षति बेहोरेका उनीहरू खाने बस्ने ठेगान नभएकोमा पिरोलिएका छन्।

विभिन्न संघसस्थाले वितरण गरेको राहतले बिहान बेलुकाको छाक टारिरहेको बताउने उनीहरू दशैँले यस पटक कुनै खुशी नल्याएको बताउँछन्।

बाढीका कारण नुवाकोटमा १ हजार ८ सय ६० घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ।

बाढी पीडितहरू कतिपय कोठा भाडामा बस्न थालेका छन् भने कतिपय अस्थायी शिविरमा त्रिपाल मुनि बस्दै आएका छन्।

सबै गुम्यो के को दशैँ?

नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा पुस्तौँदेखि व्यवसायी गर्दै आएको शिव श्रेष्ठको बाढीले घरसँगै व्यवसाय गुमेको छ।

"बाढीले घर व्यवसायमा पूर्ण क्षति पुर्याउँदा अहिले सडकमा छु। चाडपर्व कहाँ कसरी मनाउने केही सोच्न सकेको छैन," उनले भने।

"त्रिशूली बजारमा चारवटा घर र त्यसमा तीनवटा पसल थियो त्यो सबै बगाएर अहिले त्यहाँ बगर बनेको छ। त्रिशूली बजारमा सबैको क्षति भएको छ। हामी दु:खमा छौँ। आर्थिक र मानसिक रूपमा गहिरो चोट परेको छ। यस्तो बेला के दशैँ के तिहार?"

त्यस्तै विदुर १ ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्यालले बाढीले व्यवसाय बगाउँदाको पीडा सुनाउँदै भने, "दशा नै दशा लागेको बेला कसरी चाड मनाउनु?"

कमाएको सम्पत्ति र जीवन गुजारा गर्ने व्यवसाय गुमेर विचलन भएको आफ्नो परिवारमा चाडपर्वले कुनै उत्साह नल्याएको उनले बताए।

"२०/२२ वर्ष लगाएर कमाएको सबै पैसा त्यही व्यवसायमा लगानी गरेका थियौँ। त्यो सबैमा क्षति पुग्यो। यो वर्ष दशैँतिहार भन्ने अवस्थामा छैनौँ। पैसा नहुँदा बालबच्चालाई लुगाफाटो समेत किन्न सकेको छैन।"

बाढीपछि विस्थापित भएर राजधानी पुगेका पीडितहरूलाई कस्तो सेवा उपलब्ध छ

बूढीगण्डकी बाढी पनि 'भोटेकोशीकै प्रकृतिको', तर सम्भावित ठूलो क्षति कसरी टर्यो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थप
काठमाण्डु – चालू शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएस्सी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् । थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट संख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा […] ...

गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्ने २ कुकुर परिचालन (चार तस्बिर)
भारतसँग सीमा जोडिएको पश्चिमी नाका गड्डाचौकीमा सशस्त्र प्रहरी बलले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ। दसैँलाई लक्ष्य गरी सशस्त्र प्रहरीले अल्फा र डेल्टा नामका दुई कुकुर नाकामा खटाएको हो। दुवै कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल गुल्ममा राखेर नियमित रूप... ...

आइसीसीको मान्यतापछि एनपीएलमा एक टिमले बढीमा आठ विदेशी खेलाडी राख्न पाउने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा प्रत्येक टिमले ६ देखि अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विदेशी खेलाडीको सङ्ख्या बढाइए पनि प्रत्येक टोलीले सात नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृति प्रक्रियाअन्तर्गत खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण, अम्पायरिङ ...

चीनको सेन्जेनमा एपीईसी सीईओ शिखर सम्मेलन २०२६ आयोजना हुँदै
सेन्जेन । एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एपीईसी सीईओ शिखर सम्मेलन २०२६ आगामी नोभेम्बर १७ र १८ मा चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने भएको छ... ...