Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार

साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार

काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल प्रहार भएको छ । मिसाइल प्रहार हुँदा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन् । तेल कम्पनी अरामको प्रशासनिक भवनलाई लक्षित गरी यमनका हुथी विद्रोहीले आक्रमण गरेका हुन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार मंगलबार भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको छ । रोयटर्ससँग कम्पनीका एक स्रोतले एउटा बलिस्टिक क्षेप्यास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोक्किएको बताएका छन् । अरामको कम्प्लेक्स कम्पनीको प्रमुख सञ्चालन केन्द्र हो । अरामको विश्वकै ठूला तेल उत्पादकमध्ये एक हो । यस आक्रमणको केही घण्टाअघि साउदी अधिकारीहरूले राजधानी रियाधसहित विभिन्न क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई हवाई रक्षा प्रणालीमार्फत आकाशमै निष्क्रिय पारेको बताएका थिए । यसअघि हुथीहरूले साउदी अरेबियाका तेल पूर्वाधारलाई ‘वैध सैन्य निशाना’ घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणलाई तत्काल ती क्षेत्र खाली गर्न चेतावनी दिएका थिए । हुथी प्रवक्ता याह्या सारेईले यस्तो चेतावनी साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानास्थित हुथी नियन्त्रित ‘यमन आयल कम्पनी’को अल–सबाह केन्द्रीय इन्धन केन्द्र खाली गर्न दिएको आदेशको जवाफमा दिएको बताए । उनले सानामाथि हुने कुनै पनि आक्रमणको बदला रियादमा ‘कडा र पीडादायी’ प्रहार गरेर लिइने चेतावनी दिएका थिए । डीडब्ल्यू र अलजजिरा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

किन भारत आउँदै छन् अमेरिकी विदेशमन्त्री
ताजा खबरJust now

किन भारत आउँदै छन् अमेरिकी विदेशमन्त्री

अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउने भएका छन्।  अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशमन्त्री रुबियोले यही अक्टोबर १७ देखि २२ सम्म उज्बेकिस्तान र भारतको भ्रमण गर्ने भएका हुन्।  उनले भारतका मुम्बई र जामनगरको भ्रमण गर्नेछन्। अमेरिकाको विदेश मन्त्रालयका अनुसार , ‘रुबियोले उज्बेकि... ...

नेपालखबर
कालीमाटीमा आलु, प्याज, बन्दा र भन्टाको भाउ घट्यो, महँगियो काउली
ताजा खबरJust now

कालीमाटीमा आलु, प्याज, बन्दा र भन्टाको भाउ घट्यो, महँगियो काउली

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज आलु, प्याज, बन्दा, भन्टासहितका तरकारीको भाउ केही घटेको छ। तर, काउलीसहितका केही तरकारीको भाउ भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।  कालीमाटीमा सबैखालो गोलभेँडाको मू... ...

नेपालखबर
सर्वाधिक १७३ मतसहित नेपाल  संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
ताजा खबरJust now

सर्वाधिक १७३ मतसहित नेपाल  संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयाेर्कस्थित राष्ट्र संघकाे मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play