ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ । समितिका अनुसार कृषि विकास सहकारीका ४ जना, गोरखा सहकारीका ११ जना, आइडियल यमुना सहकारीका ६ जना र कान्तिपुर सहकारीका ८० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । त्यस्तै, नेपाल वित्तीय सहकारीका १२ जना, ओरिएन्टल सहकारीका ३७ जना, शिव शिखर सहकारीका ६२ जना र पशुपति सहकारीका ४ जना बचतकर्ताको रकम फिर्ता गरिएको छ । यसैगरी, तपाईं हाम्रो सहकारीका १० जना, स्ट्यान्डर्ड सेभिङ सहकारीका ४ जना, लालीगुराँस सहकारीका १३ जना र गौतम श्री सहकारीका १ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइएको समितिले जनाएको छ । The post ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित
ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा […] ...

कर्णाली याक्सको मेडिकल पार्टनर ग्रीनसिटी
कर्णाली याक्सले एनपीएलका लागि ग्रीनसिटी हस्पिटललाई अफिसियल मेडिकल पार्टनर बनाएको छ । ...

भारतको लद्दाखको नाम परिवर्तनसम्बन्धी पहलले नक्सांकनमार्फत चीनको भू-भागसम्बन्धी दाबीलाई चुनौती
चीनको क्षेत्रीय दाबीको कार्टोग्राफिक प्रतिउत्तर ...

गृहमन्त्री गुरुङद्बारा ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरे भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय बैठकमा उन यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव गर्नुभएको गृह मन्त्रालयले जनाएको छ । बैठकमा गृहमन्त्री गुरुङले आतङ्कवाद, लागु औषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति ...


