रेडक्रसको शाख फर्काउँदैै बिशाल : भोटेकोसी बाढीपीडितका लागि २ हजार घर बनाइदिने संझौता

काठमाडौं, असोज २९ । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिनुभयो। अध्यक्ष भण्डारीका अनुसार आवास निर्माणको लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। भण्डारीले दसैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने उहाँको भनाई छ। घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने समेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उन जानकारी दिए। ‘हामीले रसुवा भोटेकोसी बाढीबाट प्रभावित जति पनि लाभग्राहीहरू हुनुहुन्छ, उहाँहरूलाई आधारित मानेर अहिलेलाई टेम्पोरेरी सेल्टर हजार वटा बनाउने, त्यसैगरी पर्मानेन्ट हाउजिङको लागि हजार वटा बनाउने गरि मन्त्रालयसँग सम्झौता गरेका छौँ। ५ हजार जना जति पनि लाभग्राहीहरू हुनुहुन्छ, जसको घर गएको छ, बाढीले घर बगाएको छ, उहाँहरूलाई रेन्टल असिस्टेन्स गर्ने भनेर पनि हामीले सहमति गरेका छौँ। यो सहमति तुरुन्तै लागू हुनेछ,’ अध्यक्ष भण्डारीले भन्नुभयो । रेडक्रस र भवन विभागबीच भएको सम्झौताअनुसार बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोवास, स्थायी आवास निर्माण तथा भाडा सहायतामार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको उहाँको भनाई छ। सम्झौतामा भवन विभाग र रेडक्रसका प्रतिप्रनिधिहरुले हस्ताक्षर गरेका छन्।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा
काठमाडौं, असोज २९ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्गीय संरचना परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताउनुभएको छ। एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा उहाँले जातीय र लैङ्गिक विभेदलाई समेत समेटेर नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो। खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन्। कृषि ...

मलेसिया जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क लिएको आरोपमा चार जना पक्राउ
काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) शीर्षकमा अतिरिक्त रकम असुल… ...

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित … ...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा […] ...


