Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Health/उमाकुण्डकाे बाम्तीमा १० शय्याको अस्पताल, स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा

उमाकुण्डकाे बाम्तीमा १० शय्याको अस्पताल, स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उमाकुण्डकाे बाम्तीमा १० शय्याको अस्पताल, स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा

रामेछाप, असोज २५ । रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा निर्माण सम्पन्न १० शय्याको बाम्ती आधारभूत अस्पताल उद्घाटन गरिएको छ। २०७७ सालमा शिलान्यास गरिएको अस्पताल ६ वर्षपछि निर्माण सम्पन्न भई आइतबार उद्घाटन गरिएको हो।

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा अस्पताल उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। वडा नं. २ का वडाध्यक्ष खम्बाध्वज बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अस्पताल निर्माणका लागि संघीय सरकारबाट ८ करोड ४९ लाख रुपैयाँ र स्थानीय सरकारबाट ७० लाख रुपैयाँ गरी कुल ९ करोड १९ लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले १० शय्याको अस्पताल सञ्चालनका लागि कम्तीमा २२ जना कर्मचारी आवश्यक पर्ने बताउनुभयो। उहाँका अनुसार अस्पतालमा एमबीबीएस उत्तीर्ण मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, कविराज, डेन्टल हाइजिनिस्टलगायत प्रशासनिक तथा अन्य कर्मचारी आवश्यक पर्नेछन्।

अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भए पनि आवश्यक जनशक्ति व्यवस्थापन गरी नियमित र प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ। आवश्यक कर्मचारीको व्यवस्था गरी अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके उमाकुण्ड गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

हाल उपचारका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता भोगिरहेका स्थानीय बासिन्दालाई अस्पताल सञ्चालनमा आएपछि सहज हुने विश्वास लिइएको छ। अस्पतालबाट नियमित स्वास्थ्य सेवा उपलब्ध हुन सके समय र खर्चको बचत हुनुका साथै आकस्मिक अवस्थामा समेत स्थानीय नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवार, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी, अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा उमाकुण्ड गाउँपालिका–३, कुम्बकास्थलीका वडाध्यक्ष गुणबहादुर थापा ‘नवीन’, वडा नं. २ का वडा सदस्य ङावा तेम्बा शेर्पा र दलित महिला सदस्य आसा माया गजमेरलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

अस्पतालको निर्माण सम्पन्न भएसँगै स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। आवश्यक जनशक्ति तथा सेवा सुविधाको व्यवस्थापन गरी अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके उमाकुण्डवासीलाई सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
स्वास्थ्यJust now

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ मा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्। गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी वडा कार्यालयको आयोजना र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो।... ...

हेल्थवाणी
संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा
स्वास्थ्यJust now

संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा... ...

हेल्थवाणी
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
स्वास्थ्यJust now

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली... ...

हेल्थवाणी
दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा
स्वास्थ्यJust now

दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङकै एक दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिकाको पापुङमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । मिक्वाखोला–५ पापुङ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play