नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । कम्पनीले दुवै जनाको नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ। कम्पनीले सोमबार नेप्सेमा पठाएको सूचनाअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकले भदौ २९ गते पठाएको पत्रका आधारमा पौडेलको नियुक्ति गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा अधिकारीलाई नियुक्त गरिएको छ । उनको नियुक्तिलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी निर्णय भएको कम्पनीले जनाएको छ । दुवै नियुक्तिसँगै कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व थपिएको छ। अधिकारीको नियुक्ति भने आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ । The post नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दाङको कार्यक्रम छोडेर काठमाडाैँ फर्किए खगेन्द्र सुनार
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनार काठमाडौँ फर्किएका छन्। कार्यक्रमको सिलसिलामा दाङ पुगेका सुनार पार्टीको निर्देशनपछि मंगलबार काठमाडौँ फर्किएका हुन्। उनी नेपालगन्ज हुँदै काठमाडौँ फर्किएका रास्वपा दाङ... ...

संखुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संखुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारणलाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारणलाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा ...

मिथिलामा शाक्त मन्दिर र सखडा छिन्नमस्ता मन्दिरको प्राचीनता
मिथिलामा शैव–शाक्त सम्प्रदायका अनुयायीहरूको व्यापकता छ । मिथिलाको समाज प्राचीनकालदेखि नै शक्ति–उपासनाको केन्द्रभूमि रहेको छ । मैथिल तिरहुतिया पंचदेवोपासक हुन्छन्, जसमा देवी शक्तिको मान्यता सर्वोपरि छ । मिथिलाका गाउँ–गाउँमा शिव र... ...

सुदूरपश्चिमको बजेटमा सत्तारुढ सांसदकै असन्तुष्टि, पूरक बजेट ल्याउने समझदारी
तीन महिनाको बजेट शून्यतापछि आएको सुदूरपश्चिम सरकारको बजेटमा सत्तारूढ सांसदले नै प्रश्न उठाएपछि संसदीय समिति गठन गरेर अध्ययन गर्ने र अहिले पूरक बजेट ल्याउने सहमति भएको छ। ...


