देशको अस्तव्यस्ततामाथि पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न, राष्ट्रिय एकतामा जोड

काठमाडौं, असोज ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक, संवैधानिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सहकार्यबाट देशका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उहाँले देशमा देखिएको अन्योल र अव्यवस्थाको कारणबारे प्रश्न उठाउनुभएको हो । उहाँले राजनीतिक नेतृत्व, राज्य सञ्चालनको प्रणाली र देशको भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने सन्देश दिनुभएको छ । ‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलन्छ ?’ उहाँले प्रश्न गर्नुभएको छ । पूर्वराजा शाहले राज्य प्रणालीलाई कसरी प्रभावकारी बनाउने, प्रजातान्त्रिक आधारलाई कसरी सुदृढ गर्ने र अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने विषयमा समेत प्रश्न उठाउनुभएको छ । उहाँले वर्तमान राष्ट्रिय परिस्थितिलाई विश्व परिवेश र भू–राजनीतिक अवस्थासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै राष्ट्रियता र मौलिकताको संरक्षणमा ध्यान दिनुपर्ने सन्देश दिनुभएको छ । देशमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्य आवश्यक रहेको पूर्वराजा शाहको भनाइ छ । उहाँले नेपाली समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने उल्लेख गर्दै उहाँले देश कठिन परिस्थितिमा रहेका बेला एकअर्काको दुःखमा साथ दिनु र घाउमा मलम लगाउनु नै साँचो देशभक्तिको परिचायक हुने सन्देश दिनुभएको छ । उहाँले राष्ट्रिय स्वाभिमान र मौलिकताको संरक्षण गर्दै देशलाई अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि नागरिकबीच एकता र सहकार्य अपरिहार्य रहेको उहाँको सन्देश छ । पूर्वराजा शाहले पछिल्लो समय नेपालले भोग्नुपरेका प्राकृतिक विपत्तिको प्रसङ्गसमेत शुभकामना सन्देशमा समेट्नुभएको छ । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा भएको क्षति तथा जनधनको नोक्सानीलाई उहाँले दुःखद् घटनाका रूपमा उल्लेख गर्नुभएको छ । प्रकृतिका आफ्नै नियम र गति हुने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीका कारण प्राकृतिक विपत्तिको असर थप भयावह बन्न सक्ने धारणा व्यक्त गर्नुभएको छ । प्रकृतिको स्वाभाविक गतिलाई स्वीकार गर्दै त्यससँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । विजयादशमीको अवसरमा जारी सन्देशमार्फत पूर्वराजा शाहले मुलुकको राजनीतिक तथा सामाजिक अवस्थाबारे प्रश्न उठाउनुभएको छ भने राष्ट्रिय एकता, सद्भाव, सहकार्य र देशभक्तिको भावनालाई बलियो बनाएर देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News
.jpg)
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी
काठमाडौँ, असोज ३० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर... ...

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। […] ...

कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुङ्गाकी बाला अधिकारी केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ। पेशागत विषयगत क्षेत्रको महिला खुला समूहमा... ...

चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित
काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारी पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी ...


