राजमार्गका होटलमा अस्वस्थकर खाना र चर्को मूल्य असुले कारबाही हुने

काठमाडौँ। राजमार्गमा यात्रुवाहक सार्वजनिक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना बिक्री गर्ने र चर्को मूल्य असुल्ने गरेको पाइएमा चालक र सञ्चालक दुवैलाई कडा कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र मनपरी मूल्य लिने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। यस विषयमा पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायका प्रतिनिधिहरूबीच भएको बैठकले आवश्यक कडाइ गर्ने निर्णय गरेको हो। विभागका अनुसार सार्वजनिक सवारीसाधनका चालकले अब यात्रुहरूलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्नुपर्नेछ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनसमेत निर्देशन दिइएको छ। राजमार्गका होटलमा बासी, झिँगा भन्किएका तथा न्यून गुणस्तरका खाना बिक्री हुने गरेको र यात्रुबाट अत्यधिक मूल्य असुल्ने गरिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो। विभागले अस्वस्थकर खाना सेवनका कारण यात्रु बिरामी परेको पुष्टि भएमा सम्बन्धित सवारी चालक तथा होटल वा रेस्टुरेन्ट सञ्चालक दुवैलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। यात्राका क्रममा होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन खाना, सरसफाइको अभाव वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी तत्काल जानकारी गराउन सक्नेछन्। त्यसैगरी, नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयमा उजुरी गर्न पनि विभागले यात्रुहरूलाई आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...


