'मलेशिया टसको मस भएन': अब के नेपालले २५ वटा कम्पनीमार्फत् मात्रै कामदार पठाउला

EPA/Shutterstock नेपाली कामदार लैजान नेपालका निश्चित म्यानपावर एजेन्सीहरू छनोट गरेको आफ्नो निर्णयबाट मलेशिया हालसम्म "टसको मस नभएको" परराष्ट्र स्रोतहरूले बीबीसीलाई बताएका छन्।"अहिलेसम्म उनीहरू आफ्नो निर्णयबाट पछाडि हट्छन् जस्तो देखिएको छैन," स्रोतले भन्यो।अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल जारी रहेको युवा, श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरूले बताएका छन्। कामदार भर्ती गर्न मलेशियाले नयाँ सर्त राखेपछि नेपालमा 'तरङ्ग' 'बेपत्ता हुनेदेखि मदिरा पिएर कुटपिट गर्नेसम्म': मलेशियामा नेपाली कामदारमा विभिन्न समस्या दुवै देशलाई स्वीकार्य हुने बाटो आफूहरूले खोजिरहेको मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले बीबीसीलाई बताइन्।मलेशियाको फोरन वर्कर्स सेन्ट्रलाइज्ड म्यानज्मन्ट सिस्टम (एफडब्ल्यूसीएमएस) ले नेपालका २५ वटा म्यानपावर एजेन्सीलाई मुख्य र २५० वटा एजेन्सीलाई सहायक एजेन्सीका रूपमा हालै छनोट गरेको हो।उल्लेख्य सङ्ख्यामा कामदार पठाउने गरेका भारत, श्रीलङ्का र बाङ्ग्लादेशसँग मिलेर "सामूहिक सौदाबाजी"को रणनीति अपनाउन नेपालका एउटा विकल्प हुन सक्ने एक जना श्रमविज्ञको तर्क छ।विकल्पको खोजी? EPA/Shutterstock सो निर्णयको आधारबारे नेपालले कूटनीतिक नोटमार्फत् मलेशियालाई सोधे पनि अहिलेसम्म कुनै जबाफ नपाएको प्रवक्ता आचार्यले जानकारी दिइन्।"कुन विधि र मापदण्डका आधारमा ती कम्पनीहरू छनोट गरिएको हो भनेर हामी खोजीमा छौँ। अझैसम्म हामीलाई मलेशिया सरकारको तर्फबाट त्यो उपलब्ध हुन सकेको छैन," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।छनोटमा परेका नेपालका एजेन्सीहरूसँग पनि त्यसबारे सोधिएकोमा तिनीहरूले केही बताउन नसकेको आचार्यले स्पष्ट पारिन्।उनका अनुसार छनोटमा परेका २५ वटै म्यानपावर एजेन्सीहरूले मापदण्डबारे आफूहरूलाई थाहा नभएको जबाफ दिएका छन्। "तीमध्ये २३ वटाले सूचीबाट निस्किन सघाउन अनुरोध गरेका छन्। लिखित अनुरोध नै हामीसँग छ।"छलफल जारी रहे पनि अहिलेसम्म कुनै एउटा निर्णयमा पुग्न बाँकी रहेको उनले बताइन्। "छनोटको मादण्ड प्राप्त भएपछि हाम्रा विकल्प तयार हुन सक्छन् अथवा हुन सकेन भने पनि तयार हुन सक्छन्। अहिले छलफलकै क्रममा यो छ," प्रवक्ता आचार्यले थपिन्। त्यो विकल्प के हुनेबारे उनले केही उल्लेख गरिनन्।उक्त विषय कूटनीतिसँग पनि जोडिएकोले संवाद नरोकिने आचार्यले जनाइन्। "आपसी संवादबाट दुवै देशलाई मान्य हुने जे विधि निस्किन्छ त्यो दुवैले स्वीकार गर्छौँ।" ‘गोर्खालीले लगाएको गुन मलेशियाका गृहमन्त्रीलाई सम्झाउनुपर्छ’मलेशियामा अनिवार्य मृत्युदण्डको नीति हट्यो सिन्डिकेटको जोखिममलेशियाको निर्णयानुसार नै नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढेमा सिन्डिकेट बढ्ने जोखिम रहेको श्रम मामिलाका कतिपय जानकारहरू बताउँछन्।कुनै मापदण्डबेगर मलेशिया सरकारले गरेको निर्णयमा त्यहाँका कम्पनीहरूको स्वार्थ गाँसिएको श्रम मामिलाका जानकार गणेश गुरुङको आरोप छ।"बढी रकम असुल्ने र नियन्त्रण गर्ने मलेशिया सरकारको नियत देखिन्छ भने सिन्डिकेट बनाएपछि कामदारसँग बढी पैसा लिन पाउने भएर नेपालका कम्पनीहरू त्यसमा समाहित भएका हुन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।पछिल्लो कदमबाट सिन्डिकेट बढ्ने जोखिम रहेको औँल्याउँदै गुरुङले अगाडि थपे, "यसको चेपुवामा अन्ततः कामदार नै पर्छन्। यो नै मूल समस्या हो।" EPA/Shutterstock कामदार भर्नाको विषयमा समस्या देखिनुमा मलेशिया उत्तिकै जिम्मेवार रहेको उनको आरोप छ। "मलेशिया पठाउन हाम्रो मात्र समस्या छैन, मलेशिया सरकारको प्रक्रियामा पनि समस्या छ," उनले अगाडि थपे।"उसले नै विभिन्न तवरले सिन्डिकेटको निर्माण गरिरहन्छ। कहिले एउटा कम्पनी खोलिदिन्छ र त्यसैमार्फत् कामदार ल्याउनुपर्छ भनिदिन्छ।"तथापि कूटनीतिक संवादमार्फत् हल खोज्नुपर्ने भन्दै उनी त्यसका लागि काठमाण्डूस्थित मलेशियाली राजदूतावास र क्वालालम्पुरस्थित नेपाली नियोग सक्रिय हुनुपर्ने बताउँछन्।नेपालले जस्तै मलेशियामा कामदार पठाउने अरू मित्र राष्ट्रहरूसँग मिलेर सामूहिक सौदाबाजी गर्ने विकल्प पनि हुन सक्ने गुरुङको सुझाव छ।"दक्षिण एशियाली सहयोग सङ्गठन सार्क अहिले निष्क्रियजस्तै रहेको अवस्थामा भारत, बाङ्ग्लादेश, श्रीलङ्कालगायत देशसँग टीम बनाएर अगाडि बढेमा सामूहिक सौदाबाजी बलियो हुन जान्छ," उनले भने। बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...


