Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कात्तिक ११ देखि मिठाईमा मूल्य र उपभोग्य मिति अनिवार्य, नमान्नेलाई कारबाही

कात्तिक ११ देखि मिठाईमा मूल्य र उपभोग्य मिति अनिवार्य, नमान्नेलाई कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक ११ देखि मिठाईमा मूल्य र उपभोग्य मिति अनिवार्य, नमान्नेलाई कारबाही

काठमाडौं । मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले अब बिक्रीस्थलमा मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको हो। विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार मिठाई उत्पादन गरी बिक्री गर्ने व्यवसायीले आफूले तयार पारेका मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ तथा मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। मिठाई पसल, होटल तथा मिठाई भण्डारलगायतका व्यवसायले उपभोक्ताले सजिलै देख्न र जानकारी लिन सक्ने गरी बिक्रीस्थलमा उक्त विवरण राख्नुपर्ने विभागले जनाएको छ। यस व्यवस्थाले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग गरिएका सामग्री, उपभोग्य अवधि र मूल्यबारे जानकारी लिन सहज हुने विभागको अपेक्षा छ। त्यसैगरी, मिठाईको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा उपभोक्ताको अधिकार संरक्षण गर्न पनि यो व्यवस्थाले सहयोग पुग्ने विभागले विश्वास लिएको छ। विभागका अनुसार नयाँ व्यवस्था आगामी कात्तिक ११ गतेदेखि लागू हुनेछ। तोकिएको मितिपछि पनि निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही हुन सक्ने चेतावनीसमेत विभागले दिएको छ। विभागले सम्बन्धित कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्थाअनुसार स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि व्यवसायीलाई आग्रह गरेको छ। चाडपर्वका समयमा मिठाईको खपत बढ्ने भएकाले नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयनले सुरक्षित खाद्य पदार्थको उपभोगलाई प्रोत्साहन गर्नुका साथै उपभोक्तालाई जानकारीका आधारमा गुणस्तरीय मिठाई छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित
ताजा खबरJust now

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । ...

नेपालबहस
हनुमानढोकामा भित्र्याइयो फूलपाती, टुँडीखेलमा बढाइँ (तस्बिरहरू)
ताजा खबरJust now

हनुमानढोकामा भित्र्याइयो फूलपाती, टुँडीखेलमा बढाइँ (तस्बिरहरू)

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ सम्पन्न भएको छ। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गरेको हो।  समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह-२०८३&rsqu... ...

नेपालखबर
चेल्सीको जितमा नेटोको दुई गोल
ताजा खबरJust now

चेल्सीको जितमा नेटोको दुई गोल

एभरटन भने हारपछि १० अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । यो नतिजाले एभरटनको यो सिजन लिगमा अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । ...

कान्तिपुर
शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ
ताजा खबरJust now

शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play