Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

10/12/2026, 10:35:02 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ। गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो। डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईँका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो। सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उनले जानकारी दिए। गत बिहीबार मध्यराति राजापुर नगरपालिका-३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो। चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईँले बताए। “मानिसमाथि आक्रमण गरेपछि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौँ”, उनले भने। आज मात्रै नियन्त्रणमा लिन सफल भएको उनले बताए। चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ। पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। गाउँ बस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
OthersJust now

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन

चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

पर्दाफास
रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
OthersJust now

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने

'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

अनलाइन खबर
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
OthersJust now

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी

२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

अनलाइन खबर
कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
OthersJust now

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play