Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

हेटौँडा (मकवानपुर) । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति छन् । सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा उनीहरूको नाम हटाइएको हो । त्यसैगरी, निर्वाचन आयोगको प्रणालीमार्फत विवरण परीक्षण गर्दा दोहोरो नाम दर्ता भएका एक हजार ५०२ जनाको नाम हटाइएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नेपाली नागरिकता परित्याग गरेका छ जनाको नामसमेत मतदाता नामावलीबाट हटाइएको छ । कार्यालयले नाम हटाइएका व्यक्तिको विवरण सार्वजनिक गर्दै त्यसउपर कुनै दाबीविरोध भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक बनाउन विवरण परीक्षण गरी नाम हटाइएको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले आगामी असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १० स्थानीय तह छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
ताजा खबरJust now

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

कान्तिपुर
झिझिया नृत्यबारे बहस
ताजा खबरJust now

झिझिया नृत्यबारे बहस

जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

गोरखापत्र
पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
ताजा खबरJust now

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play