Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेस महाधिवेशन : महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मतसहित निर्वाचित

कांग्रेस महाधिवेशन : महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मतसहित निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस महाधिवेशन : महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं, असोज २८। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार महिलातर्फ गीता गुरुङले २ हजार ८५९ मत प्राप्त गर्नुभएको छ। यसैगरी, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। आदिवासी जनजाति महिलातर्फ आठ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो। त्यसैगरी, पुरुषतर्फ तीर्थ लामाले ४ हजार ४२५ मत प्राप्त गर्दै सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। आदिवासी जनजाति पुरुषतर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ। साे पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

दसैँको चौथो दिन प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन
राजनीतिJust now

दसैँको चौथो दिन प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन

प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् ।  बडादसैँको चौथो दिन आज (बुधबार) प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।  प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए । ...

फरकधार
कांग्रेस महाधिवेशन : दलिततर्फ प्रकाश स्नेही तेव्वर मतले अगाडि
राजनीतिJust now

कांग्रेस महाधिवेशन : दलिततर्फ प्रकाश स्नेही तेव्वर मतले अगाडि

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन्। दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाईली स्नेहीले १ हजार ६५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४०३ मत र नरेन्द्र […] ...

काठमाण्डुपाटी
सल्यानका १० वटै पालिकामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान
राजनीतिJust now

सल्यानका १० वटै पालिकामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान

प्रतीक इच्छुक शर्मासल्यान, असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार र सुदृढीकरण गर्ने उद्देश्यले सल्यानका १० वटै स्थानीय तहमा ‘हामी आउँदै छौँ’ अभियान सञ्च... ...

गोरखापत्र
काङ्ग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै, पच्छ्याउँदै केसी
राजनीतिJust now

काङ्ग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै, पच्छ्याउँदै केसी

काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन् । उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन् । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play