दसैँलाई लक्षित गर्दै केन्ट आरओको सन्देश– ‘शुद्ध पानी, स्वस्थ परिवार’

काठमाडौं । दसैँलाई लक्षित गर्दै केन्ट आरओले शुद्ध पिउने पानी, परिवारको स्वास्थ्य र स्वस्थ जीवनशैलीको महत्त्वमा जोड दिएको छ । नेपालीहरूको महान् पर्व दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने चलन छ । यही अवसरमा केन्ट आरओले परिवारको स्वास्थ्यका लागि सफा र सुरक्षित पिउने पानीको महत्त्व स्मरण गराएको हो । ‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ भन्ने प्रतिबद्धतासहित केन्ट आरओले पानी शुद्धीकरणका विभिन्न उपकरण उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ती उपकरणले पानीमा रहेका हानिकारक अशुद्धता हटाउनुका साथै आवश्यक खनिज कायम राख्ने उद्देश्य राख्छन् । पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव रहेको केन्टले आफ्ना उत्पादनमार्फत परिवारको स्वस्थ जीवनशैलीमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले दसैँको अवसरमा परिवारसँग बिताइने खुसीका पलमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको महत्त्वलाई प्राथमिकता दिन आग्रह गरेको छ । The post दसैँलाई लक्षित गर्दै केन्ट आरओको सन्देश– ‘शुद्ध पानी, स्वस्थ परिवार’ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो। नयाँ निर्देशिकाले ...

बुद्धि कारखाना
बाल्यकालमा सानोतिनो बिगार गर्दा ठूलाबडाले भन्थे, ‘पाँच पैसा दिन्छु, जा बुद्धि किनेर आइज!’ आज त्यो ठट्टा यथार्थ बनेको छ; बुद्धि साँच्चै किनेर पाइने भयो। त्यो किनेर पाइने बुद्धि हो कृत्रिम बुद्धिमत्ता (एआई), अर्थात् कारखानामा उत्पादन हुने बुद्धि। ‘बुद्धि कारखाना’ (एआई फ्याक्ट्री) एउटा यस्तो विशेष कम्प्युटिङ पूर्वाधार हो, जसले विशाल परिमाणका तथ्यांक प्रशोधन गरी कृत्रिम बुद्धिमत्ताका मोडेलहरूको विकास, प्रशिक्षण र सञ्चालन गर्छ, ...

दसैँसँगै बाँचेका गुणबहादुरहरु
ख्वप (भक्तपुर) । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ ।दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आएका छन् ।भक्तपुरमा दसैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व छ । टोलटोलमा राँगो काट्ने र त्यसको ...

दसैँसँगै बाँचेका गुणबहादुरहरु
भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो... ...


