धादिङका १७ राजमार्ग होटल तथा रेस्टुरेन्टको स्तरीकरण, दुईवटा उत्तम, १४ वटालाई सामान्य स्तर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङका राजमार्ग क्षेत्रमा रहेका १७ होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको छ। विभागले गल्छी, थाक्रे र धुनिबेँसी क्षेत्रमा गरेको निरीक्षणका क्रममा दुईवटालाई उत्तम, एउटालाई सन्तोषजनक र १४ वटालाई सामान्य स्तरमा वर्गीकरण गरेको हो। सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने राजमार्गका होटलमा सरसफाइको कमी, बासी तथा कम गुणस्तरको खाना र अत्यधिक मूल्य लिइएको भन्ने जनगुनासो आएपछि विभागले निरीक्षण गरेको जनाएको छ। सम्बन्धित निकायबीच भएको छलफल र यातायात व्यवस्था विभागले असोज २७ गते जारी गरेको सूचना कार्यान्वयन गर्ने क्रममा विभागले सोही दिन निरीक्षण टोली खटाएर होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको हो। विभागका अनुसार गल्छी गाउँपालिका–४ स्थित विपल क्राउन रिसोर्ट र धुनिबेँसी–१ स्थित ट्रान्जिट हाउस रेस्टुरेन्टले ‘उत्तम’ स्तर प्राप्त गरेका छन्। यी दुवै होटलले दुई तारा अंकित हरियो ‘बी’ स्टिकर पाएका छन्। त्यस्तै, थाक्रे–२ स्थित न्यू काष्ठमण्डप होटल ‘सन्तोषजनक’ स्तरमा परेको छ। उक्त होटलले एक तारा अंकित हरियो ‘सी’ स्टिकर पाएको छ। बाँकी १४ होटल तथा रेस्टुरेन्टलाई ‘सामान्य’ स्तरमा वर्गीकरण गरी पहेँलो ‘डी’ स्टिकर प्रदान गरिएको विभागको विवरणमा उल्लेख छ। सामान्य स्तरमा वर्गीकरण भएका होटल तथा रेस्टुरेन्टमा थाक्रे–१ को होटल न्यू नमस्ते नेपाल एन्ड कोल्ड स्टोर, थाक्रे–६ को थकाली भान्सा घर, गल्छी–६ को जुनतारा रेस्टुरेन्ट एन्ड लज, थाक्रे–१ को कान्तिपुर होटल एन्ड लज, थाक्रे–६ को द वा.सी कोल्ड स्टोर, थाक्रे–८ को रिया होटल र न्यू सुपा उराली होटल रहेका छन्। त्यसैगरी, धुनिबेँसी–१ को हाइवे ब्रेक पोइन्ट कोल्ड स्टोर, थाक्रे–६ को श्री अन्नपूर्ण होटल, थाक्रे–२ को होटल सयपरी, धुनिबेँसी–१ को हाइवे किङ फास्टफुड एन्ड रेस्टुरेन्ट, धुनिबेँसीको न्यू आधिखोला होटल, धुनिबेँसी–१ को न्यू पाण्डे खाजा घर एन्ड लज र थाक्रे–१ को न्यू पाथीभरा होटल पनि सामान्य स्तरमा वर्गीकृत भएका छन्। विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टमा यात्रुले स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा खाना तथा खाजा पाउने वातावरण सुनिश्चित गर्ने उद्देश्यले स्तरीकरण गरेको जनाएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। ...

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण ...

काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता... ...

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो ...


