Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Business/ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौं, असाेज २६ । ग्लाेबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ। ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बैंकले उल्लेख गरेको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै खाताबाट रकम स्थानान्तरण तथा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। डिजिटल बैंकिङ प्रणालीप्रति ग्राहकहरूको बढ्दो आकर्षण र बैंकको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाकै कारण यो उपलब्धि सम्भव भएको बताइएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नगदरहित (क्यासलेस) कारोबारलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

बैंकिङ सुस्तताबीच सिद्धार्थ बैंकको छलाङ, २० प्रतिशत लाभांश प्रस्ताव
अर्थतन्त्रJust now

बैंकिङ सुस्तताबीच सिद्धार्थ बैंकको छलाङ, २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ / बैंकिङ क्षेत्रमा कर्जा विस्तारको सुस्तता र आर्थिक गतिविधिमा देखिएको चुनौतीका बीच सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश ...

अर्थडबली
थाई भिसामा सास्ती मात्रै कि आर्थिक चलखेल ? छानबिन गर्न एसोसिएसनको माग
अर्थतन्त्रJust now

थाई भिसामा सास्ती मात्रै कि आर्थिक चलखेल ? छानबिन गर्न एसोसिएसनको माग

काठमाडौँ / थाइल्यान्डको भिसा प्रक्रियाका कारण नेपाली यात्रु मारमा परेको भन्दै आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल एसोसिएसन ले आपत्ति जनाएको छ । काठमाडौँस्थित शाही थाई दूतावासको ...

अर्थडबली
बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै
अर्थतन्त्रJust now

बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै

काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिए पनि प्रदेशको अर्थतन्त्रमा संरचनागत चुनौती देखिएका छन्। उद्योगको औसत क्षमता उपयोग ४१.०८ प्रतिशतमा सीमित छ भने औद्योगिक कर्जाको ९२.७३ प्रतिशत काठमाडौंमा केन्द्रित छ। कृषि उत्पादन घटेको छ। अर्कोतर्फ, एक वर्षमा ६४६ नयाँ उद्योग दर्ता भएका छन् र औद्योगिक कर्जा १३ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। नेप… ...

आर्थिक न्यूज
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
अर्थतन्त्रJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

काठमाडौं- हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play