Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रममा ५९ जनाले गरे रक्तदान

मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रममा ५९ जनाले गरे रक्तदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रममा ५९ जनाले गरे रक्तदान

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले असोज २४ गते शनिबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा संस्थाका कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये करिब १२० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायत उच्च व्यवस्थापन तहका अधिकारीहरूको उपस्थिति रहेको थियो। मञ्जुश्री फाइनान्स लिमिटेड २०८३ असोज २८ गते स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दैछ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। फाइनान्सले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। करिब २ लाख १० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हालसम्म करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। फाइनान्स कम्पनीहरूमध्ये अग्रणी संस्थाका रूपमा रहेको मञ्जुश्री फाइनान्सले हाल २८ वटा शाखा कार्यालय र एउटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवा सञ्चालन गर्दै आएको छ। The post मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रममा ५९ जनाले गरे रक्तदान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
ताजा खबरJust now

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न ...

केन्द्रबिन्दु
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
ताजा खबरJust now

यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना ...

नेपालन्युज
दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू
ताजा खबरJust now

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू

काठमाडौँ। बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँ छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको... ...

रातोपाटी
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
ताजा खबरJust now

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।  बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play