Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुरका ४० वर्षीय टोपबहादुर वली रहेका छन्। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले वलीको मृत्यु भएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकल जलेका कारण नम्बर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा बंगलाचुली गाउँपालिका–४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेका छन्। दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीका अनुसार तीव्र गतिमा रहेको एक मोटरसाइकलमा तीन जना सवार थिए। उक्त मोटरसाइकलका चालक बंगलाचुली गाउँपालिका–४ का मोहन डाँगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। फरार चालक डाँगीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने
ताजा खबरJust now

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं।राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ । मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ । आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताए। उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती ...

नेपालन्युज
सवारी दुर्घटनामा एक जनाको मृत्यु
ताजा खबरJust now

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ। बिहीबार साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी... ...

रातोपाटी
चिहानबाट शव निकालेको आरोपमा गैँडाकोटमा एक जना पक्राउ
ताजा खबरJust now

चिहानबाट शव निकालेको आरोपमा गैँडाकोटमा एक जना पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा एक जना पक्राउ परेका छन्।  असोज २४ गते गैँडाकोट नगरपालिका ४ रानीताल बस्ने ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। गुरुङको शव गैडाकोट सामुदायिक वनमा खाडल खनी पुरेर आफन्तले अन्तिम संस्कार गरेका थिए।  त्यसको दुई दिनपछि असोज २६ गते बिहान ७ बजे आफन्त स... ...

नेपालखबर
देवानगञ्ज घटना : गोली प्रहार गर्ने पाँच पक्राउ
ताजा खबरJust now

देवानगञ्ज घटना : गोली प्रहार गर्ने पाँच पक्राउ

विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनाका पाँच आरोपित पक्राउ परेका छन् । केटी जिस्काएको आरोपमा देवानगन्ज गाउँपालिका–१, मध्यहर्षाहीका २४ वर्षीय नीरजकुमार यादवमाथि भएको गोली प्रहार घटनाका पाँच आरोपितलाई सुनसरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play