बाढीप्रभावित ऋणीलाई राहत, किस्ता भुक्तानीको समय पुससम्म थप गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रभावित ऋणीलाई राहत दिन २०८३ असोज मसान्तमा तिर्नुपर्ने किस्ता (साँवा र/वा ब्याज) भुक्तानीको समयावधि पुस मसान्तसम्म थप गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले परिपत्र जारी गर्दै बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालवस्तुको आयात-निर्यातमा आधारित व्यवसायका ऋणी यसको दायरामा पर्ने जनाइएकाे छ। बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी पनि विचारणीय हुने जनाइएकाे छ। किस्ता तिर्न साँच्चै कठिनाइ भएका ऋणीलाई मात्र यो सुविधा दिइनेछ। त्यसअघि संस्थाहरूले ऋणीको नगद प्रवाह, जगेडामा रहेको रकमलगायतको वित्तीय अवस्था, आयात-निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ। बाढीको असरबारे गरिएको विस्तृत विश्लेषण र अध्ययनका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई यो निर्देशन दिएको हो।
Read Complete Original Article
Published originally on टक्सार
Related News

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा... ...

त्यो कालो बाइक (कथा)
खण्ड १फागुनको अन्तिम साता थियो । तातो हावा चल्न सुरु भइसकेको थियो । हावाले तराईका खेतहरूमा सुक्न लागेका तोरीका बोटहरूलाई एकतमासले हल्लाउँथ्यो । मोरङको त्यो सानो थारू गाउँको कुनामा... ...

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले गरिन् चार रणनीतिक स्तम्भसहितको कार्ययोजना पेस
आफ्नो कार्यकालका मुख्य चार रणनीतिक स्तम्भका रूपमा अघि सारेकी हुन्। ...

महाकालीमा बेपत्ता सशस्त्रका असई थारुको शव फेला
महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई सागरराज थारुको शव भेटिएको छ। भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारुको शव फेला परेको हो। भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बोटबाट खसेर गत शनिबार महाकाली नदीमा थारु बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले समेत उनको खोजी गरिरहेको थियो। म... ...


