चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले प्रभावकारी चीप डिजाइनको विकास गरेको घोषणा

चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले नयाँ र अझ प्रभावकारी डिजाइनको विकासमा उल्लेखनीय प्रगति गरेको बताएपछि मंगलबार चिपसम्बन्धी कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ। चाङ्गजिन मेमोरी टेक्नोलोजीज (सीएक्सएमटी) (ChangXin Memory Technologies (CXMT) ले गत साताको अन्त्यमा यस्तो नयाँ ‘आर्किटेक्चर’ (संरचना) मा प्रगति गरेको घोषणा गर्यो, जसले कम ठाउँमा धेरैभन्दा धेरै डाटा अटाएर मेमोरीको घनत्व बढाउनेछ। सीएक्सएमटी, विश्वव्यापी मेमोरी चिप निर्माता कम्पनीहरु माइक्रोन, एसके हाइनिक्स र सामसङको प्रमुख चिनियाँ प्रतिस्पर्धी हो र यस समाचारले तिनै प्रतिस्पर्धी कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट ल्याएको सीएनबीसीले रिपोर्टमा भनेको छ। मंगलबार माइक्रोनको सेयर मूल्य ३.६२ प्रतिशतले घट्यो भने एसके हाइनिक्सको दक्षिण कोरियाली बजारमा सूचीकृत सेयर १० प्रतिशतले र सामसङ इलेक्ट्रोनिक्सको सेयर ७.४ प्रतिशतले ओरालो लाग्यो। सानडिस्क, शीगेट र वेस्टर्न डिजिटललगायत मेमोरीसँग सम्बन्धित अन्य कम्पनीहरूको सेयर मूल्यमा पनि गिरावट आयो। आफ्नो ‘ब्लकबस्टर’ आईपीओ आउनुअघिसम्म, सीएक्सएमटी आफ्नो घरेलु बजारबाहिर खासै परिचित थिएन। प्राप्त जानकारी अनुसार, सीएक्सएमटीले सन् २०२६ को अन्त्यसम्ममा नयाँ ‘सेल आर्किटेक्चर’ मा आधारित सर्भर-मेमोरी उत्पादन बजारमा ल्याउने योजना बनाएको छ। ‘फोरएफ स्क्वायर’ (4F square) प्रविधिमा आधारित यो नयाँ डिजाइनले उच्च भण्डारण घनत्वको सुविधा प्रदान गर्छ। ‘फोरएफ स्क्वायर’ डिजाइनमा एसके हाइनिक्सले पनि काम गरिरहेको छ; सो कम्पनीले सन् २०२५ मा यस प्रविधिको विकाससम्बन्धी कार्ययोजना प्रस्तुत गरेको थियो। विश्लेषकहरूका अनुसार मेमोरी प्रविधिको विकासमा सीएक्सएमटी आफ्ना विश्वव्यापी प्रतिस्पर्धीहरूभन्दा पछाडि रहेको मानिन्छ। तसर्थ, यस क्षेत्रमा कुनै पनि महत्त्वपूर्ण उपलब्धि वा सफलताको खबरले विश्वव्यापी प्रतिस्पर्धीहरूको बजारगत अग्रताका सम्बन्धमा लगानीकर्ताहरूको धारणामा ठूलो प्रभाव पार्न सक्छ। एप्पलले चीनभित्र बिक्री हुने उपकरणहरूका लागि सीएक्सएमटीका डीर्याम चिपहरूको परीक्षण सुरु गरेको छ र उक्त कम्पनीका उत्पादनहरूको व्यापक प्रयोगको अनुमति दिन अमेरिकी सरकारसँग लबिङ गरिरहेको फाइनान्सियल टाइम्सले जुलाईमा यस विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै जनाएको थियो। The post चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले प्रभावकारी चीप डिजाइनको विकास गरेको घोषणा appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपाल क्लियरिङ्ग हाउस लि.को पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हुनेछ। कम्पनीले ...

NCHL’s fifteenth AGM concludes
Nepal Clearing House Ltd. (NCHL) has concluded its 15th Annual General Meeting yesterday for the fiscal year 2082/83. The AGM approved the audited financials for the fiscal year and for the issuance of 15% bonus share and 0.789474% cash dividend for tax purpose. After the bonus shares, the paid-up capital of NCHL will be NRs. 1,677,288,200. Increase in capital will be ...

स्थापना भएको पाँच वर्षमै च्याटबोट प्लेटफर्म क्यारेक्टर डट एआईले दियो टाट पल्टिएको प्रमाणित गर्ने निवेदन
प्रयोगकर्तालाई आफ्नै एआई पात्र बनाउन र तिनसँग कुराकानी गर्न दिने प्लेटफर्म क्यारेक्टर डट एआईले स्थापना भएको पाँच वर्ष नपुग्दै अमेरिकाको अदालतमा च्याप्टर ११ अन्तर्गत टाट पल्टिएको निवेदन दिएको छ। कम्पनीले विभिन्न मुद्दा र आफ्नो लोकप्रिय प्लेटफर्मलाई विस्तार गर्न भोग्नुपरेका कठिनाइका कारण यस्तो कदम चालेको हो। अदालतमा पेस गरिएको कागजातअनुसार कम्पनीको सम्पत्ति र दायित्व दुवै ५ करोडदेखि १० करोड अमेरिकी डलरको बीचमा ...


