Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कालीगण्डकी करिडोरमा सडक र पुलमा क्षति, पुल बनाउन ७२ करोड लाग्ने

कालीगण्डकी करिडोरमा सडक र पुलमा क्षति, पुल बनाउन ७२ करोड लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालीगण्डकी करिडोरमा सडक र पुलमा क्षति, पुल बनाउन ७२ करोड लाग्ने

काठमाडौं । असोज दोस्रो साताको अविरल वर्षाले कालीगण्डकी करिडोरअन्तर्गतका सडकमा ६ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । सडकका विभिन्न खण्डमा पहिरो जाने, सडक भासिने, पर्खाल भत्किने र लेदो थुप्रिने समस्या देखिएको हो । बाढीले बगाएका तथा निर्माण हुन बाँकी पुल पुनर्निर्माण गर्न ७२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा सडक) आयोजना, पाल्पाका प्रमुख शिवलाल दाहालले बताए । क्षतिको विवरणअनुसार सडकतर्फ तत्काल मर्मतसम्भार गर्न ६५ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ । सडकको स्थायी पुनर्निर्माणका लागि भने ६ करोड ५१ लाख रुपैयाँ लाग्ने आयोजना प्रमुख दाहालले बताए । वर्षाले पाल्पाको बगनासकाली गाउँपालिका–५, ६ र ७ क्षेत्रमा पर्ने राम्दी–रानीमहल सडक खण्डमा बढी क्षति पुर्‍याएको उनले बताए । उक्त खण्डमा सडकको पहुँच मार्ग बगाउनुका साथै रिटेनिङ वाल भत्किएको छ । विभिन्न स्थानमा पहिरो गएको छ । नालीमा लेदो थुप्रिएको छ । सडक भासिएको आयोजना प्रमुख दाहालले बताए। यहाँ सडकको क्षति तत्काल मर्मत गर्न ५७ लाख रुपैयाँ र स्थायी पुनर्निर्माण गर्न सात लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख छ । सडकको क्षति स्थायी रूपमा पुनर्निर्माण गर्नुपर्ने रकम ६ करोड ५१ लाख रुपैयाँ प्रारम्भिक अनुमान गरिएको उनले बताए । तत्काल मर्मतसम्भारका लागि भने छुट्टै ६५ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने उनले बताए। कालीगण्डकी करिडोरको बलेवा–मालढुंगा सडक खण्डमा पनि क्षति पुगेको छ। कालीगण्डकी लोकमार्गको ५३ किलोमिटर मिर्मि–अर्मादी सडकका विभिन्न स्थानमा क्षति पुगेको छ । कतिपय स्थानमा सडक छियाछिया बनेर भासिएको आयोजनाले जनाएको छ । अधिकांश भागमा सडक निर्माणको ठेक्का प्रक्रियामा रहेको छ । वर्षापछि सडकसँगै पुल पूर्वाधारको समस्या पनि देखिएको छ। आयोजनाका अनुसार गुल्मीको रुद्रबेनी पुल (बडीघाट खोला) मा सामान्य माटो तथा लेदो थुप्रिएको छ। पुलको सरसफाइ तथा तत्काल मर्मतका लागि २० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ । कालीगण्डकी करिडोरको रिडी–बेनी–बडहरे, डीङलगायत सडक खण्डमा निर्माण हुन बाँकी नौवटा पुल छन् । ती स्थानमा पानीको बहावले सडक बगाएको तथा पुल निर्माण हुन बाँकी रहेको छ । पुल निर्माणका लागि ७२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
ताजा खबरJust now

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

कान्तिपुर
सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
ताजा खबरJust now

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो

काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

रातोपाटी
अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
ताजा खबरJust now

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play