Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली

अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक बहसहरू जनताको वास्तविक जीवनस्तर उठाउने दिशामा केन्द्रित हुनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले पार्टी र सरकारको मुख्य उद्देश्य गरिबी हटाउने र विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्ने हुनुपर्ने उल्लेख गरे। उनले रोजगारीको मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने स्पष्ट पारे। नागरिकलाई आर्थिक रूपमा सबल बनाउन परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ। मानवतावादलाई आफ्नो राजनीतिक र सामाजिक मान्यताको मूल आधार मान्दै ओलीले शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता सहज बनाउनु राज्यको दायित्व भएको बताए। नीति निर्माण गर्दा परम्परागत शैलीभन्दा पनि अनुसन्धान र यथार्थ तथ्याङ्कका आधारमा निर्णय लिनुपर्ने उनले औँल्याए। वर्तमान विश्व व्यवस्थाबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने र लोकप्रिय नेताहरूलाई बदनाम गर्ने प्रवृत्ति बढेको भन्दै सजग रहन चेतावनी दिए। उनले यस्ता अराजक प्रवृत्तिका विरुद्ध राजनीतिक रूपमा सतर्क रहनुपर्ने बताए। जलवायु सङ्कटबारे चर्चा गर्दै उनले रसुवाको भोटेकोशीमा आएको बाढीलाई हिमालय क्षेत्रमा भइरहेको गम्भीर सङ्कटको चेतावनीका रूपमा लिएका छन्। उनले हिमालयको पर्यावरण जोगाउन क्षेत्रीय सहकार्य र विश्वव्यापी पैरवी आवश्यक रहेको बताए। कार्यक्रममा डा. विष्णुराज उप्रेती, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्रप्रसाद तिम्सिना र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नीतिगत अनुसन्धान, जनसांख्यिक लाभ, जलवायु विपद् र गरिबी निवारणका विषयमा आफ्ना धारणा राखेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
ताजा खबरJust now

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ... ...

रातोपाटी
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
ताजा खबरJust now

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको... ...

रातोपाटी
रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
ताजा खबरJust now

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ

पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने... ...

रातोपाटी
जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती
ताजा खबरJust now

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती

• उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जडीबुटी संकलन स्थानीयवासीहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले खाद्यान्न, शिक्षा र घरायसी खर्चमा सहयोग पुर्याउँछ। • जडीबुटी संकलनमा कठिनाइ र चुनौतीहरू छन्, जस्तै भौगोलिक विकटता, प्रतिकूल मौसम र उचित मूल्यको अभाव, जसले संकलकहरूको लाभमा असर पार्छ। • जडीबुटीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए भविष्यमा जीविकोपार्जनमा समस्या आउन सक्ने भएकाले स्थानीयस्तरमा स्पष्ट नियम र ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play