देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट गोदावरी नगरपालिका-५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-७ टेडियाबाट लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय रामजनम चौधरीसहित दुई जना र भीमदत्त नगरपालिका-११ बाट गोदावरी-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीबाट काठमाडौँको कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राई, झापाको बाह्रदशी गाउँपालिका-५ बाट मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही स्थानकी २१ वर्षीया रेजिना तोलाङ्गी, झापाकै अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिककुमार कोईराला, अर्जुनधारा-६ पुर्वेलीटोलका २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पूर्णबहादुर राई छन् । साथै बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट मधुवन नगरपालिका-८ लालीबजारका २१ वर्षीय सन्देश रानामगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


