पशु स्वास्थ्य परिषद्मा १७ हजार बढी व्यवसायी दर्ता

काठमाडौं।पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ जना व्यवसायी दर्ता भएका छन्। पशुपालन गर्ने किसानहरूलाई थप व्यवस्थित र मर्यादित सेवा उपलब्ध गराउने उद्देश्यले परिषद्ले व्यवसायीहरूको दर्ता प्रक्रिया अनिवार्य गरेको हो। परिषद्का रजिष्ट्रार जनकबहादुर रावलका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेका व्यवसायीहरूलाई मात्र अनुमति प्रदान गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष करिब सात हजार थप व्यवसायीले अनुमति पाएका छन्। परिषद्ले पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिकदेखि विषय विज्ञसम्मका जनशक्तिलाई नियमन गर्दै आएको छ। ऐनको व्यवस्थाअनुसार परिषद्मा दर्ता नभई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन गर्न पाइने छैन। दर्ता प्रक्रिया पूरा नगरी व्यवसाय गर्नेहरूलाई ५० हजार रुपैयाँ जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ। परिषद्ले व्यवसायीहरूको एकीकृत अभिलेख राख्ने, मापदण्ड पालना नगर्नेको दर्ता खारेज गर्ने, अनुगमन गर्ने र आवश्यक तालिमको व्यवस्था गर्ने काम गर्दै आएको छ। विसं २०७९ असोज २३ गते जारी भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐनअन्तर्गत २०८० कात्तिक १६ गते मन्त्रिपरिषद्ले परिषद् गठन गरेको थियो। हाल प्रदेश कानुन नबनेसम्मका सम्पूर्ण काम परिषद्ले नै गर्दै आएको छ। भविष्यमा किसानलाई गुणस्तरीय सेवा सुनिश्चित गर्न लिखित र मौखिक परीक्षा लिने तथा व्यवसायीहरूको अनुभव र कारोबारका आधारमा ‘क’ देखि ‘घ’ श्रेणीसम्म वर्गीकरण गर्ने तयारी भइरहेको रजिष्ट्रार रावलले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ... ...

‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा
कात्तिक ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर युट्युब ट्रेन्डिङमा आएको छ। सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल फिल्मको ट्रेलर मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा आएको हो। समाचार तयार पार्दासम्म ट्रेलरले ७ लाख ६० भ्युज बटुलिसकेको छ। दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखि... ...

गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी
लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार भिडेका थिए। निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्... ...

संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने
• संसदीय सुनुवाइ समितिले मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्डमा राख्ने निर्णय गरेको छ, विभिन्न आरोप र अनियमितताका कारण। • सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता र योग्यतामाथि प्रश्न उठाएका छन्, जसको कारण थप अध्ययन र प्रमाण जुटाउने आवश्यकता देखिएको छ। • खरेलले आरोपहरूलाई अस्वीकार गर्दै आफूलाई निर्दोष साबित गर्नका लागि समयको माग गरेका छन्, तर समितिले गोप्य छलफल ...


