स्मार्टफोनको मूल्य बढेसँगै किस्ताबन्दीतर्फ मोडिँदै ग्राहकहरु

विश्व बजारमा चिप र प्रोसेसरको मूल्यवृद्धि तथा स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई) सुविधाको प्रयोग बढेसँगै यस वर्ष नेपालमा पनि स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको व्यवसायीहरूको भनाइ छ। मूल्य बढेपछि एकैपटक पूरा रकम तिरेर फोन किन्न कठिन भएका ग्राहक किस्ताबन्दी (ईएमआई) सुविधातर्फ आकर्षित हुन थालेका छन्। स्मार्टफोन तथा इलेक्ट्रोनिक ग्याजेटको मुटु मानिने ताम्राकार कम्प्लेक्समा फोन खरिद गर्न आउने ग्राहकले पनि मूल्यवृद्धिका कारण एकमुष्ट रकम तिर्नुको साटो किस्ताबन्दी रोज्न थालेका पाइएको छ। पहिले पुरै रकम तिरेर स्मार्टफोन किन्न आँट गर्नेहरु पनि हालको मूल्यवृद्धिका कारण किस्ताबन्दीतिर जान बाध्य भएका देखिन्छ। केही ग्राहकहरुले भने नयाँको सट्टा पुरानो फोन किन्ने मनशाय पनि देखाउने गरेको व्यापारीहरु बताउँछन्। ताम्राकार कम्प्लेक्सका एक व्यापारीले भने, ‘किस्ताबन्दी सुविधाले ग्राहकलाई मोबाइल खरिद गर्न सहज बनाएको छ। स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्दा सुरुमा ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्छ र बाँकी ६० प्रतिशत रकम १२ वा २४ महिनामा तिर्न सकिने व्यवस्था रहेको छ।’ किस्ताबन्दीमा फोन लिँदा ऋणी तथा जमानी बस्नेको नागरिकता र दुवै जनाको फोटो भए पुग्ने उनी बताउँछन्। स्मार्टफोनको किस्तामा ब्याज तिर्नुनपर्ने भएकाले पनि बिस्तारै तिर्दै जाने योजना बनाउन सहज हुने देखिन्छ। उनी भन्छन्, ‘४५ हजारको फोन किन्न नसक्नेले डाउन पेमेन्टमा १८ हजार तिरेर लिन सक्छन्।’ फोन किन्न ताम्राकार कम्प्लेक्स आएका बर्दिबास घर भएका शिशीर पोखरेल भन्छन्, ‘फोन किन्न त आएँ तर बजारमा फोनको मूल्य सोचेभन्दा बढी रहेको र आफूसँग भएको पैसाले एकैपटक किन्न नसक्ने कारण ईएमआई मार्फत फोन किन्नतिर लागेँ।’ उनले फोन किन्दा ब्राण्ड भन्दा पनी बढी ब्याट्रीलाई प्रथमिकता दिने बताए। उनले भने, ‘मलाई गेम खेल्न चाहिएको हो, त्यसैले जुन फोनमा ब्याट्री धेरै टिक्छ त्यसलाई प्राथकिता दिएर किन्छु।’ फोन किन्नकै लागि आएका झापा घर भएका डिल्लीराम अधिकारी दशैं अफरहरु केही होला भन्ने आशामा आएको बताउँछन्। उनी दशैं तिहारको समयमा अरु बेलाभन्दा अफरहरु पाइने आशा बोकेर चाडपर्वको समयमा आफ्ना छोरा र छोरीलाई फोन किन्न आएका हुन्। उनले भने, ‘पहिलेको भन्दा अहिले मूल्यहरु बढेको छ। यसभन्दा अगाडि सधैं पूरा रकम तिरेर फोन किन्ने गर्थें, अहिले मूल्य वृद्धिले गर्दा किस्ताबन्दीमा खरिद गर्ने सोचेको छु।’ त्यस्तै ललितपुरको पाटनबाट फोन किन्न आएकी उषा राईले यस वर्ष फोनको मूल्य बढेका कारण आफूसँग पर्यात पैसा नभएको र बजारमा फोनको मूल्य अपेक्षा अनुसार नभएकोले एकमुस्ट पूरा रकम तिरेर किन्न सक्ने देखिनन्। यसकारण किस्ताबन्दी मार्फत फोन खरिद गर्नुपर्ने देखिएको उनको भनाई छ। ‘ईएमआईले गर्दा फोन खरिद गर्न सहज भएको छ। एकै पटक धेरै पैसा तिरेर किन्नु भन्दा मासिक किस्तामा किन्न पाउँदा घर खर्च लागायत अन्य खर्चमा भार पर्दैन।‘ उनले भनिन्। समग्रमा हेर्दा स्मार्टफोनको मूल्य बढ्दा ग्राहकले आफ्नो बजेटअनुसार फोन खरिद गर्ने विकल्प खोज्न थालेका देखिन्छ। कसैले मासिक खर्चमा असर नपरोस् भनेर किस्ताबन्दी रोजेका छन् भने कोही चाडपर्वका अफरको आशामा बजार पुगेका छन्। ईएमआई सुविधाअन्तर्गत सुरुमा ४० प्रतिशत रकम बुझाएर बाँकी ६० प्रतिशत १२ वा २४ महिनामा तिर्न सकिने व्यवस्था छ। यसले एकैपटक ठूलो रकम खर्च गर्न नसक्ने ग्राहकलाई फोन खरिद गर्न सहज बनाएको छ। The post स्मार्टफोनको मूल्य बढेसँगै किस्ताबन्दीतर्फ मोडिँदै ग्राहकहरु appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सामसङका यी ग्यालेक्सी डिभाइसहरूलाई एन्ड्रोइड १७ मा अपडेट उपलब्ध
सामसङले अब आफ्ना समर्थित ग्यालेक्सी स्मार्टफोन र ट्याब्लेटहरूका लागि एन्ड्रोइड १७ मा आधारित ‘वन यूआई ९ (One UI 9)’ अपडेट उपलब्ध गराउँदैछ। ‘ग्यालेक्सी एस २६ र एस २५ सिरिजमा उपलब्ध भइसकेपछि, गत हप्ता सामसङले दक्षिण कोरियामा ‘ग्यालेक्सी एस २४’ सिरिज, ‘ग्यालेक्सी जेड फोल्ड ६’ र ‘ग्यालेक्सी जेड फ्लिप ६’ मा आफ्नो ध्यान केन्द्रित गर्यो। अन्य बजारहरूमा पनि यो अपडेट छिट्टै आउने अपेक्षा ...

एआईमा लगानी गर्न थप १०० अर्ब डलर जुटाउने प्रयासमा सफ्टब्याङ्क
एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिसकेको सफ्टब्याङ्कले लगानीकर्तालाई थप १०० अर्ब डलर उपलब्ध गराउन मनाउने प्रयास गरिरहेको छ। फाइनान्सियल टाइम्सले उद्धृत गरे अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मासायोशी सनले संयुक्त अरब इमिरेट्सका उच्च अधिकारीसहित खाडी क्षेत्रका लगानीकर्तासँग छलफल गरिरहेका छन्। योजनाको एउटा हिस्साअन्तर्गत सफ्टब्याङ्कले उक्त रकम प्रयोग गरेर नयाँ कोष स्थापना गर्ने बताइएको छ। उक्त कोषले विभिन्न कम्पनी अधिग्रहण गर्ने र कृत्रिम ...

अब सामसङका यी पुराना ग्यालेक्सी फोनमा पनि एन्ड्रोइड १७ अपडेट उपलब्ध
सामसङले ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी जेड फोल्ड ६ तथा जेड फ्लिप ६ का लागि एन्ड्रोइड १७ मा आधारित वन यूआई ९ अपडेट अमेरिकामा उपलब्ध गराउन थालेको छ। सामसङले नयाँ अपडेट सार्वजनिक गर्न थालेको करिब एक महिनापछि यी डिभाइसमा पनि अपडेट उपलब्ध गराएको हो। यसअघि ग्यालेक्सी जेड फोल्ड ८, जेड फोल्ड ८ अल्ट्रा र ग्यालेक्सी एस२६ सिरिजमा वन यूआई ९ उपलब्ध ...


