सामसङका यी ग्यालेक्सी डिभाइसहरूलाई एन्ड्रोइड १७ मा अपडेट उपलब्ध

सामसङले अब आफ्ना समर्थित ग्यालेक्सी स्मार्टफोन र ट्याब्लेटहरूका लागि एन्ड्रोइड १७ मा आधारित ‘वन यूआई ९ (One UI 9)’ अपडेट उपलब्ध गराउँदैछ। ‘ग्यालेक्सी एस २६ र एस २५ सिरिजमा उपलब्ध भइसकेपछि, गत हप्ता सामसङले दक्षिण कोरियामा ‘ग्यालेक्सी एस २४’ सिरिज, ‘ग्यालेक्सी जेड फोल्ड ६’ र ‘ग्यालेक्सी जेड फ्लिप ६’ मा आफ्नो ध्यान केन्द्रित गर्यो। अन्य बजारहरूमा पनि यो अपडेट छिट्टै आउने अपेक्षा गरिएको थियो र अहिले सोही विस्तारको प्रक्रिया अघि बढिरहेको छ। एन्ड्रोइड १७ मा आधारित ‘स्टेबल वन यूआई ९’ अमेरिकामा ग्यालेक्सी एस २४ सिरिजका प्रयोगकर्ताहरूका लागि उपलब्ध हुन थालेको बताईएको छ।यो अपडेट अमेरिका बाहिर पनि विस्तार भइरहेको छ र अन्य बजारहरूमा पनि यो उपलब्ध भइसकेको जानकारी प्राप्त भएको छ। वन यूआई ९ को आकार ३,९०९.८ एमबी (करिब ४ जीबी) छ, जसमा ५ सेप्टेम्बर २०२६ को सुरक्षा प्याच र फर्मवेयर संस्करण S928USQU6EZIF समावेश छ। यो निकै ठूलो आकारको अपडेट भएकाले, ‘अपडेट’ बटन थिच्नुअघि भरपर्दो वाई-फाई नेटवर्कमा कनेक्ट गर्न सुझाव दिइन्छ। एन्ड्रोइड १७ मा आधारित अपडेटमा विस्तारित ग्यालेक्सी एआई सुविधाहरू, इन्टरफेस र अनुकूलन सुधारहरू, गोपनीयता र सुरक्षा परिवर्तनहरू, सामसङ हेल्थ अपग्रेडहरू, र धेरै सामसङ एपहरूमा परिष्करणहरू समावेश छन्। The post सामसङका यी ग्यालेक्सी डिभाइसहरूलाई एन्ड्रोइड १७ मा अपडेट उपलब्ध appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

स्मार्टफोनको मूल्य बढेसँगै किस्ताबन्दीतर्फ मोडिँदै ग्राहकहरु
विश्व बजारमा चिप र प्रोसेसरको मूल्यवृद्धि तथा स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई) सुविधाको प्रयोग बढेसँगै यस वर्ष नेपालमा पनि स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको व्यवसायीहरूको भनाइ छ। मूल्य बढेपछि एकैपटक पूरा रकम तिरेर फोन किन्न कठिन भएका ग्राहक किस्ताबन्दी (ईएमआई) सुविधातर्फ आकर्षित हुन थालेका छन्। स्मार्टफोन तथा इलेक्ट्रोनिक ग्याजेटको मुटु मानिने ताम्राकार कम्प्लेक्समा फोन खरिद गर्न आउने ग्राहकले पनि मूल्यवृद्धिका ...

एआईमा लगानी गर्न थप १०० अर्ब डलर जुटाउने प्रयासमा सफ्टब्याङ्क
एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिसकेको सफ्टब्याङ्कले लगानीकर्तालाई थप १०० अर्ब डलर उपलब्ध गराउन मनाउने प्रयास गरिरहेको छ। फाइनान्सियल टाइम्सले उद्धृत गरे अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मासायोशी सनले संयुक्त अरब इमिरेट्सका उच्च अधिकारीसहित खाडी क्षेत्रका लगानीकर्तासँग छलफल गरिरहेका छन्। योजनाको एउटा हिस्साअन्तर्गत सफ्टब्याङ्कले उक्त रकम प्रयोग गरेर नयाँ कोष स्थापना गर्ने बताइएको छ। उक्त कोषले विभिन्न कम्पनी अधिग्रहण गर्ने र कृत्रिम ...

अब सामसङका यी पुराना ग्यालेक्सी फोनमा पनि एन्ड्रोइड १७ अपडेट उपलब्ध
सामसङले ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी जेड फोल्ड ६ तथा जेड फ्लिप ६ का लागि एन्ड्रोइड १७ मा आधारित वन यूआई ९ अपडेट अमेरिकामा उपलब्ध गराउन थालेको छ। सामसङले नयाँ अपडेट सार्वजनिक गर्न थालेको करिब एक महिनापछि यी डिभाइसमा पनि अपडेट उपलब्ध गराएको हो। यसअघि ग्यालेक्सी जेड फोल्ड ८, जेड फोल्ड ८ अल्ट्रा र ग्यालेक्सी एस२६ सिरिजमा वन यूआई ९ उपलब्ध ...


