यस वर्ष दशैंमा मौसम कस्तो रहन्छ ? वर्षाको सम्भावना कति ? [भिडियोसहित]
![यस वर्ष दशैंमा मौसम कस्तो रहन्छ ? वर्षाको सम्भावना कति ? [भिडियोसहित]](https://kendrabindu.com/wp-content/uploads/2026/10/Could-Dashain-Turn-Rainy.jpg)
काठमाडाैं । यस वर्षको दसैँमा पानी परेर चाडपर्वको रौनक खल्लो हुने हो कि भन्ने चिन्ता धेरैलाई छ । गत वर्षको वर्षाले दसैँको टीकाकै दिन जनजीवन प्रभावित पारेको सम्झना ताजै छ । तर, यस वर्षको अवस्था कस्तो छ ? के फेरि दसैँमा पानी परेर ‘हिले दसैँ’ हुने सम्भावना छ, कि मौसम खुलेर दसैँ उल्लासमय बन्नेछ ? यति मात्रै हाेइन, भाेटेकाेशी बाढी हाेस् या बुढीगण्डकीकाे बाढीले पनि तर्साएकै छ, कतै बस्ती बगाएका छन् त कतै बाटो छैनन्, कतै पुल नै छैनन् । अकल्पनीय प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । तर, यसपालिको दसैँमा ठूलो वर्षा हुने सम्भावना कम रहेकाे माैसमविद् बताउँछन् । यो अवधिमा देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि मौसममा सुधार आउने प्रारम्भिक अनुमान छ । स्थानीय वायुको प्रभावले चारदेखि पाँच दिनसम्म पहाडी भू–भागका केही स्थानमा खण्डित वर्षा हुन सक्ने र त्यसपछि मौसम क्रमशः सफा हुँदै जाने अपेक्षा गरिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार अहिलेको वर्षा पोस्ट–मनसुन अर्थात् मनसुनपछिको मौसमसँग सम्बन्धित छ । यो अवधिमा पश्चिमी वायुको प्रभाव बढ्दै जान्छ भने स्थानीय वायु पनि सक्रिय हुन सक्छ । यसका कारण विशेषगरी पहाडी भू–भागमा खण्डित वर्षा, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहन्छ । पोस्ट–मनसुनमा मनसुनका बेला जस्तो लगातार र व्यापक वर्षा हुने सम्भावना सामान्यतया कम हुन्छ । दिउँसो र साँझपख बादल लाग्ने तथा केही स्थानमा वर्षा हुने अवस्था देखिन सक्छ । तर, मौसमविद् लामिछानेका अनुसार यसपालिको दशैंमा ठूलो वर्षा हुने सम्भावना कम छ । उनका अनुसार यो अवधिमा देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि मौसममा सुधार आउने प्रारम्भिक अनुमान छ । स्थानीय वायुको प्रभावले चारदेखि पाँच दिनसम्म पहाडी भू–भागका केही स्थानमा खण्डित वर्षा हुन सक्ने र त्यसपछि मौसम क्रमशः सफा हुँदै जाने अपेक्षा गरिएको छ । जल तथा मौसम विज्ञान विभागले गत असोज १७ गते जारी गरेको मनसुन बहिर्गमनसम्बन्धी बुलेटिनअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भू–भागबाट मनसुन बाहिरिइसकेको थियो। लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको थियो । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । तर, यो औसत मिति मात्रै भएकाले हरेक वर्ष मनसुन यही दिन बाहिरिन्छ भन्ने हुँदैन । यस वर्ष मनसुन औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ देखि देशका केही भू–भागबाट बाहिरिन थालेको थियो । यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा छ दिन ढिलो, जुन १९ तारिखमा कोसी प्रदेशबाट प्रवेश गरेको थियो। त्यसपछि क्रमशः फैलिँदै जुन ३० तारिखमा सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो । नेपालमा मनसुन बाहिरिएपछि अक्टोबर र नोभेम्बर महिनामा पोस्ट–मनसुनको अवधि रहन्छ । त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म हिउँद सुरु हुन्छ । मार्चदेखि मेसम्म प्रि–मनसुनको अवधि रहन्छ । मनसुनका बेला पूर्वी वायुको प्रभाव बढी हुन्छ भने मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव बढ्दै जान्छ । यही मौसमी परिवर्तनका कारण मनसुन सकिएपछि पनि छिटपुट वर्षा, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहन्छ । समग्रमा, मनसुन बाहिरिने क्रममा देखिएको वर्षाले यसपालिको दशैं नै हिले हुने संकेत भने गर्दैन । मौसमविद्को प्रारम्भिक अनुमानअनुसार दशैंमा व्यापक वर्षाको सम्भावना कम छ र अधिकांश स्थानमा मौसम घमाइलो रहन सक्छ । यद्यपि, स्थानीय मौसमी प्रणालीका कारण केही स्थानमा वर्षा हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने पछिल्लो बुलेटिनमा ध्यान दिनु आवश्यक छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित
न्युयोर्क, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मङ्गलबार गोप्य मतदानबाट चयन भए... ...

प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो
• १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ र समितिमा निर्णयको छलफल भइरहेको छ। • मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि राजदूतहरूको सिफारिस गरेको थियो, जसमा प्रमुख देशहरू भारत, चीन, अमेरिका र बेलायत समावेश छन्। • राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरूमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र चिरनजंग थापा जस्ता नामहरू रहेका छन्। ...

बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध
• बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध गरेको छ। • बाढीले विद्युत् पोल, प्रसारण संरचना र पुलमा क्षति पुर्याएकोले चुमनुब्री र धार्चे गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्। • विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा प्रशासनिक काम र सूचना आदानप्रदानमा समस्या आएको छ। ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहट, सुनसरी, मकवानपुर लगायतका जिल्लामा भएको सारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका–८... ...


