विपद्का कारण मुख्य राजमार्ग अवरुद्ध, बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण देशका विभिन्न मुख्य सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखा र अर्घाखाँचीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने म्याग्दीको एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ मा पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज राति २ बजेदेखि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारी आवागमन ठप्प बनेको छ । यस्तै, गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । असोज २५ गते बिहानदेखि आएको बाढीले उक्त खण्डमा यातायात सेवा रोकिएको प्रहरीले जनाएको छ । उता म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । असोज १० गते बिहान पहिरोका कारण प्रभावित बनेको उक्त खण्डमा हाल सवारी साधनहरूलाई एकतर्फी रूपमा आवतजावत गराइएको छ । अवरुद्ध सडकहरू खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल,… ...




